प्रधानमन्त्रीले पुनः शपथ खानुपर्ने भनेर रिट हाल्ने वकिललाई ‘धम्की’

7
SHARES
15
VIEWS

काठमाडौँ  । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्दा संविधान मिचिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने अधिवक्तालाई धम्की आएको छ । पुनः शपथ ग्रहणको माग राख्दै सोमबार रिट दर्ता गरेका वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीलाई बुधबार धम्कीपूर्ण फोन आएको हो ।

आफूलाई धम्कीपूर्ण फोन आएको जानकारी डा‍ ज्ञवालीले नेपाल बार एसोसिएसनलाई गराएका छन् । धम्कीको विषयमा कुरा गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले यो विषयमा सल्लाह गरेर निर्णयमा पुग्‍ने बताए । बारले यो धम्कीबारे जानकारी पाएको र आवश्यक छलफल गरिरहेकोसमेत अध्यक्ष श्रेष्ठले प्रष्ट पारे ।

‘एक जना कोही मित्रले कल गर्नुभयो, चन्द्रकान्त ज्ञावालीको पृष्ठभूमि के हो ? कहिले अधिवक्ता भएको हो ? कहिले वरिष्ठ पाएको हो ? विश्वविद्यालयमा जागिर भएको मान्छेले सरकारकै विरुद्धमा जान हुने हो कि नहुने हो ? भनेर धम्याएको जानकारी मैले पाएँ’, उनले भने, ‘कहाँबाट यो फोन आएको हो थाहा भएन, यसो हुन नपर्ने हो, संविधानले वकालत गर्ने अधिकार दिएको छ ।’ इकागजबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित