सुर्खेत । कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द् बहादुर शाहीले प्रदेश अस्पताल संघको मातहतमा जान नदिने बताउनु भएको छ ।
कर्नालि प्रदेशको राजधानि सुर्खेतमा आज गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्रि शाहीले प्रदेशलाई कुनै पनि जानकारी नदिइ संघमा लिने प्रस्ताव आफुहरुलाई स्विकार्य नभएको बताउदै कुनै पनि हालतमा केन्द्र मातहत जादैन र जान नदिने बताउनु भएको हो ।वहाँले भन्नु भयो प्रदेश सरकार संघीयता कार्यन्वयनमा कटिबद्ध छ ।
यो हामीले लडेर ल्याएको व्यवस्था हो । यसलाई प्रदेश सरकार तलमाथि हुन नदिने दावि गर्नु भएको छ । केही दिन अघि संघिय सरकारले कर्नालि प्रदेश अस्पताल संघ मातहतमा लैजानेका लागि सिफारिस गर्ने प्रस्ताव राखेको थियो ।
त्यसको चर्काे आलोचना भएपछि मुख्यमन्त्रि शाहीले त्यसका लागि प्रदेश सरकार जस्तोसुकै परिस्थिति आएपनि लागि पर्ने बताउनु भएको छ ।
Discussion about this post