कोरोनाले ७१ वर्षीय वृद्धको ज्यान लियो, कालीकोटमा कोरोना बाट मृत्यु हुनेको संख्या तीन पुग्यो

7
SHARES
15
VIEWS

कालीकोट । कोरोनाका कारण कालीकोटमा थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सान्नित्रीबेणी गाउँ पालिका ६ निवासी ७१ वर्षिय  रत्न संज्याल रहेका छन । उनलाइ कोरोना पोजिटिभ देखिए पछि सान्नित्रीबेणीबाट रास्कोट अस्पतालमा पठाइएकोमा ५ दिन पछि भागेर घर आएका वृद्धको शुक्रबार बिहान घरमै मृत्यु भएको आफन्तले बताएका छ्न ।

मृतक संज्याल दमका बिरामी रहेको बताइएको छ । मेहलमुडी स्वास्थ्य चौकिका ल्याब टेक्निसियन खेमराज सिमखाडाका अनुसार संज्याललाइ कोरोना पोजिटिभ देखिएपछी रास्कोट अस्पतालमा उपचारका लागि पठाएकोमा भागेर घरमा आएको अबस्थामा निधन भएको बताए ।
रास्कोट अस्पतालका अरबिन्द्र गिरिका अनुसार कोरोना पोजिटिभ भएको बेला घर जानू हुन्न भन्दा नमानेर गएको जनाएको छ ।

मृतक संज्यालको शब ब्यबस्थापनका लागि नेपाली सेनाको टोलि सान्नित्रीबेणी आउने स्थानीयले बताए ।
कालीकोट जिल्लामा यस अघि शुभकालीका गाउँ पालिका र रास्कोट नगरपालिकाका गरेर दुई जनाको ज्यान गैसकेको छ ।

जिल्लामा विभिन्न स्थानिय तहले कोरोना रोकथामाका लागि प्रयास जारी राखेका छ्न ।

यसै गरी सान्नित्रीबेणी ६ निवासी ६१ वर्षीय नैने सुनारको मुम्बईमा कोरोना पोजिटिभ भै उपचार गर्दागर्दै २५ दिन पछि निधन भएको आफन्तले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित