कोरोना देखि सतर्कता अपनाउन सचेत बन्दै वालवालिका

7
SHARES
15
VIEWS

कालीकोट । समाजमा बुढा पाका मान्छ भन्ने गर्थे जस्तो संस्कृतिमा हुर्केेको हो उस्तै मान्छ बन्छन ।

पछिल्लो समयमा कोरोना महामारीका समयमा मास्कको प्रयोग बढ्न थालेको छ । घर भित्र प्रयोग नभएका मास्क घर बाहिर जांदा भने खोजि खोजि लगाउने प्रचलन बढेको छ । त्यति मात्र नभई स साना वालवालिकाहरु पनि मास्क नभए सम्म बाहिर जान मान्दैनन । त्यसको एक उदाहरण हो ।

सदरमुकाम मान्ममा बस्दै आउनु भएकि जुझारु पत्रकार प्रेरणा विकले आइतवार पोट गर्दै आफु सुरक्षित हुन र अरुलाई सुरक्षित हुन अनुरोध गर्दै स साना नानिहरुको मास्क लगाएरु चिटिक्क परेको फोटा हाल्नु भयो । उक्त फोटोले समाजमा मास्क नलगाउन चाहनेहरुलाई भने पाठ मात्र सिकाएन कोरोनाबाट बच्नका लागि स्वस्थ्य मापदण्डलाई आत्मसाथ गर्नु पर्छ भन्ने सन्देश दिएको छ ।

हामीले कोरोनाका बारेमा हेलचक्र्याइ गरेको जस्तो लागे पनि पछिल्लो समयमा पत्याउन नसक्ने सुरीला बहादुरहरुले ज्यान गुमाउनु परेको छ । सरकारले जनताका सुरक्षाका लागि गरेको निशेधाज्ञको कार्यन्वयनमा जोड दिने र प्रेरणाका जस्तै सबैले आ आफ्ने घरमा सतर्कता अपनाउने हो भने समाजमा भयावह रुपमा फैलिएको कोरोना एक स्तरमा कम हुन्छ की ।
गाउँ गाउँमा कोरोनाले गर्दा सरसफाईमा पनि मान्छेको ध्यान पुग्न थालेको छ । साबुन पानिले हात धुने चलन पनि बढेको छ ।

चेतना अभिबृद्धिले स्थानिय स्तरमा बृद्धि हुन थालेको छ । पलांता गाउँ पालिका वडा न. ९का स्थानिय वयोबृद्ध जगत बहादुर बमले आफुहरुले पहिले सरसफाईको वेवास्ता गर्ने गरेको तर अहिले सचेत हुन थालेको बताउनु हुन्छ ।

आफुले सम्झने भएको समयमा हैजाले ४० जनाले एकै गाउँमा ज्यान गुमाउने अवस्थामा सरसफाई भन्ने त कस्ले भन्थ्यो र गर्ने त कुरै भएन । तर सबै काम काज रोकिने मान्छेले मान्छेको दुस्मनि हुनु पर्ने चलन कोरोनाले गराएको बताए ।

तर पनि सरकार बलियो भएर जनताको सुरक्षामा लाग्नु पर्नेमा उनको जोड रहेको छ । जिल्ला स्वस्थ्य सेवा कार्यालय कालीकोटका निमित्त स्वस्थ्य सेवा व्यवस्थापक कटक महतले गएको सात गतेकै हाल सम्म कोरोनाको संख्या ह्वात्तै बढेकाले सरकारी निकायबाट गरेको लक डाउन(निशेधाज्ञ) प्रभावकारी बन्ने बताउनु भएको छ । कालीकोटका विभिन्न स्तरमा कोरोना रोकथाम तथा नियन्त्रणमा लागि पर्न समेत महतले अनुरोध गर्नु भएको छ ।

कालीकोट जिल्लामा जेष्ठ ९ गते राति १२ वजे देखि १६ गते सम्म निशेधाज्ञलाई कडाई गरिएको छ । ग्रामिण क्षेत्रमा भने निशेधाज्ञको त्यति महत्व बुझ्न छोडेको बताइएको छ ।

प्रेरणाको फेसबुक बाट

मुखमा मास्क लगाईराख्नु सेनिटाईजर घस्नु।
यताउता काहीं नजानु घरै भित्र बस्नु
राख्दैन कोरोना भाईरस बृद्ध देखि बाला ।
उपाय केही पनि छैन के गरेर जाला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित