पचालझरना गाउँ पालिकाको खरमुक्त अभियान सरकारको प्राथमिकतामा

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको खर निर्मित छाना मुक्त गाउँ बनाउने अभियानलाई सरकारले समेत प्राथमिकतामा राखेको छ ।

आगामी आर्थिक वर्ष २०७८।०७९का लागि प्रस्तावित बजेटमा देशभरका १ लाख ६८ हजार घरका खरका छाना विस्थापित गर्ने लक्ष्य लिएको छ । खरले छाएका घरका प्रतिपरिवारलाई ७५ हजार रुपैया अनुदान दिने घोषणा गरिएको छ । त्यसका लागि अर्थमन्त्रि विष्णु पौडेलले ३ अर्व ७५ करोड बजेट विनियोजन गरेको बताएका छन ।
पचालझरना गाउँ पालिकाले विगत दुई वर्ष देखि प्रतिपरिवालाई ४० हजार रकम दिदै १०० बढि घरहरु खरको छाना मुक्त बनाइ सकेको छ । त्यसै गरी तिलागुफा नगरपालिकाले पनि गएको वर्ष देखि खरको छाना मुक्त गाउँ बनाउन अभियान थालनि गरेको छ ।

गाउँ पालिकाले थालनि गरेको अभियान सरकारको प्राथमिकतामा परेकोमा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले खुशि व्यक्त गरेका छन । उनले भने आफुहरुले थालेको सो अभियान अहिले आएर संघिय सरकारले महसुस गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित