कालीकोट ।सरकारमा जाने नजाने भन्ने बारेमा लामो बहस चलिरहदा नेपालि कांग्रेस दुई मन्त्रि सहित सरकारमा सहभागि भएको छ ।
नेपालि कांग्रेसले कर्नाली प्रदेश सरकारको जलश्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसीलाई सिफारिस गरे संगै आज सपथ लिएका छन ।
यस अघि एउटा मात्र मन्त्रि हुने भएपछि नेपालि कांग्रेसले विरोध जनाएको थियो । कर्नालिका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको विश्वासको मत लिदा साथ दिएको नेपालि कांग्रेसले अबको छ महिना पछि मुख्यमन्त्रि नेपालि कांग्रेसले दिने सहमति भएको समेत बताइएको छ ।
संघिय सरकार गठन पछि नेपालि कांगे्रस पहिलो पटक प्रदेश सरकारमा सहभागि भएको छ ।
Discussion about this post