कालीकोटमा कोभिडको समयमा २० प्रतिशत छुटमा चामल

7
SHARES
15
VIEWS

कालीकोट । कोभिड महामारीलाई मध्यनजर गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनि कालीकोटले समुदायलाई २० प्रतिशत छुटमा चामल विक्रि गर्न थालेको छ । कालीकोट जिल्लामा रहेको खाद्य गोदामबाट यस अघि निर्धारण गरिएको मुल्यमा २० प्रतिशत छुटमा चामल दिन शुरु गरिएको बताइएको छ ।

सरकारले आगामि वर्षका लागि छुटमा चामल दिने भनेकाले कालिकोटमा चामल बितरण शुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनि  कालीकोटका प्रमुख रामशरण लामिछानेले बताउनु भएको छ । वहाँका अनुसार लक डाउन अवधि भर बिहान ६ देखि ९ बजे को समयमा सामाजिक दुरी कायम गर्दै चामल बितरण शुरु गरिएको बताउनु भएको छ ।

पहिलेको ३० केजि  अरुवा चामल (मोटो)एक हजार चार सय २५मा विक्रि गरिदै आएकोमा अहिले भने एक हजार एक सय ४०, अरुवा मोटो २५ केजिमा एक हजार एक सय८७ पर्ने चामलमा अहिले नौ सय ५०, जिरा मसिनो २५ केजिमा एक हजार छ सय ५० बाट घटाएर एक हजार तिन सय ५० र मकवानपुर ३० केजिमा एक हजार चार सय ४० लाई एक हजार एक सय ५२ विक्रि वितरण शुरु गरिएको बताउनु भएको छ । छुट अवधि अहिलेको लागि मात्र नभई निरन्तर हुने बताइएको छ ।

अहिले जति चामल ल्याउन आउने गरेका छन भोलिका दिनमा खाद्य गोदाममा चामल विक्रि गर्न पाएको भए खुशि हुने प्रमुख लामिछानेले बताउनु भएको छ ।यस अघि बजारको भन्दा खाद्यय व्यवस्था तथा व्यापार कम्पनिको चामल महंगो हुने गरेपछि चामल विक्रिमा कठिन हुने गरेको थियो ।

खाद्यको चामलमा भारी छुट पाएकोमा स्थानिय खुशि हुंदै खाद्य गोदाममा चामल लिनेको ठुलो भिड लागेको छ । चामल लिन आएका खांडाचक्र १का मैमा दमाईले यसरी बजारको भन्दा चामल निरन्तर रुपमा छुट दिनु पर्ने बताए ।

शाखा प्रमुख लामिछानेले एक घरका एक जनाको नागरिकता ल्याएर आउनु पर्ने निति बनाएको बताउदै एकै घरका २ भन्दा बढि नागरिकता आउने भएकाले छुट्याउन कठिन भएको बताउनु भएको छ ।
अहिले कालीकोटको गोदाममा एक हजार ३ सय कुयन्टल बांकी रहेको छ भने ९० कुयन्टल चामल गोदाममा बोक्न शुरु भएको र राजापुरबाट १ सय ७० कुयन्टल बाटोमा रहेको बताइएको छ । सबै गरेर हाल कालीकोट जिल्लामा १ हजार ५ सय ६० कुयन्टल चामल संचित रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित