प्रदेश २ मा काँग्रेस र माओवादी सरकारमा जादै

7
SHARES
15
VIEWS

काठमाडौं । कर्नाली प्रदेशबाट सुरु भएको नेपाली काँग्रेसको सरकार यात्रा प्रदेश २मा पुग्ने भएको छ । प्रदेश २ सरकारमा नेपाली काँग्रेस सहभागी हुने भएको हो । नेपाली काँग्रेस प्रदेश २ का संसदीय दलको नेता राम सरोज यादवले प्रदेश २ सरकारमा नेपाली काँग्रेस सहभागी हुने करिब करिब निश्चित भएको बताए । ‘मुख्यमन्त्री ज्युसँग कुराकानी भइरहेको छ । हामी सरकारमा सहभागी हुने करिब करिब निश्चित भएको छ’ यादवले भने ।

स्रोतका अनुसार काँग्रेसबाट राम सरोज यादव नै सरकारमा जाने सम्भावना छ । ‘मेरो कुरा पनि आएको छ । अरू साथीहरूको पनि कुरा आएको छ । को जाने भन्ने टुङ्गो लागेको छैन’ यादवले भने । स्रोतका अनुसार माओवादीबाट भरत साह सरकारमा जाने भएका छन् । सोमबार साँझसम्म या मङ्गलवार दिउसोसम्म काँग्रेस सरकारमा सहभागी हुने सम्भावना रहेको यादवले बताए ।

प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले सोमबार राती जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका ४ मन्त्री जितेन्द्र सोनाल, डिम्पल झा, सुरेश मण्डल र अभिराम शर्मालाई सरकारबाट बर्खास्त गरेका थिए । जसपाको उपेन्द्र यादव पक्षले सोमबार दिउसो राउतलाई संसदीय दलको नेता घोषणा गरेको थियो । ठाकुर पक्षबाट कित्ता परिवर्तन गरेका दुई मन्त्री नबल किशोर साह र रामनरेश राय यादवलाई भने राउतले यथावत् राखेका छन् ।

स्रोतका अनुसार मुख्यमन्त्री राउतले मन्त्रालय फोडेर काँग्रेस र माओवादीलाई सरकारमा ल्याउने तयारी गरेका छन् । प्रदेश २मा हाल ६ वटा मन्त्रालय छन् । त्यसलाई फोडेर ८ या १० सम्म पुर्‍याउने तयारी भएको स्रोतले बतायो ।

प्रदेश २मा यादव पक्षका ३६ र ठाकुर पक्षका १९ सांसद छन् । यसअघि पूर्व समाजवादीको ३० र पूर्व राष्ट्रिय जनता पार्टीका २५ सांसद थिए । ठाकुर पक्षका ६ सांसदले कित्ता परिवर्तन गरी यादव पक्षमा पुगे पछि यादव पक्षको ३६ र ठाकुर पक्षको १९ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित