माओवादी केन्द्रले देशभर पठायो स्वास्थ्य सामग्री

7
SHARES
15
VIEWS

काठमाडौँ । कोभिड–१९ महामारीविरुद्ध लड्न नेकपा (माओवादी केन्द्र)ले सातै वटा प्रदेशमा स्वास्थ्य सामाग्री पठाएको छ । माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यलयमा एक कार्यक्रम गरी सातै प्रदेशका अध्यक्ष तथा इन्चार्जहरुमार्फ स्वास्थ्य सामाग्री पठाएको हो ।

पार्टी केन्द्रको नाममा आएको विभिन्न संघसंस्थाहरु तथा चीन सरकारले दिएको स्वास्थ्य सामाग्री प्रदेश कमिटीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले हस्तान्तरण गरेका हुन् ।

चीन सरकारबाट प्राप्त एक लाख माक्स र २० थान अक्सिजन जेनेरेटर माओवादी केन्द्रको पार्टी कमिटीमार्फत वितरण गर्ने तयारी गरिएको छ ।

त्यस्तै माओवादीको प्रवास कमिटीको तर्फबाट एन्टिजेन किट, थर्मलगन, अक्सिमिटर, अक्सिजन सिलिण्डर (खाली तथा भरिएको), पीपीई, माक्स, सेनिटाइजरलगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ ।

विभिन्न दाताहरुले उपलब्ध गराएको स्वास्थ्य सामाग्री पार्टीको तर्फबाट जम्मा गरेर प्रदेश कमिटीमार्फत सबै जिल्लाहरुका लागि वितरण गर्ने माओवादी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित