कर्नालिका मुख्यमन्त्रिको गृह जिल्लामा राष्टिय प्रशारण लाइन

7
SHARES
15
VIEWS

कालीकोट । पहिलो पटक कालीकोट जिल्ला विद्युतको राष्टिय प्रशारण लाइनमा जोडिएको छ ।

कालीकोट बासिले भनेको समयमा विद्युत बाल्न पाउने भएका छन ।तत्कालिन उज्यालो नेपालका अभियान्ता तथा उर्जा मन्त्रि जनार्दन शर्मा प्रभाकारको भिजन र कालीकोट जिल्लाका लोक प्रिय नेता,पूर्व उर्जा मन्त्रि तथा हालका कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको सक्रियतामा कालीकोटमा राष्टिय प्रशारणमा जोडिन सफल भएको हो ।

कालीकोटमा रहेको पोतमारा जलविद्युतले धानेको दुई नगरपालिका र एक गाउँ पालिकाका लागि उत्पादित ५ सय वाट क्षमतमाको विद्युतले वर्षेनि वर्षाको समयमा क्षति हुने भएकाले उज्यालोबाट बञ्चित भएका कालीकोट बासिका लागि सुनौलौ अवसर भएको बताएका छन ।

कालीकोट जिल्ला राष्टिय प्रशारण लाइनमा जोडिएकोमा स्थानिय महेन्द्र बहादुर शाहीले खुशि हुंदै दिर्घकालिन रुपमा निरन्तरतामा जोड दिएका छन ।

कालीकोट जिल्लामा रहेको नेपाल विद्युत प्राधिकरणको कालीकोट वितरण केन्द्रले आज देखि कालीकोट जिल्ला विद्युतको राष्टिय प्रशारण लाइनमा जोडिएको बताएको छ ।

२ वर्ष अघि पहिरोले क्षतिग्रस्त पोतमारा जलविद्युत अहिले सम्म निर्माणको क्रममा रहेको छ । सो समयमा जिल्लामा विद्युतिय कारोवार तथा व्यवसाय गर्नेहरुले व्यवसाय नै परिवर्तन गर्नु परेको थियो ।

अहिले कालीकोटमा महंगा जेनेरेटर तथा सोलार प्रणालि मार्फत बैंक तथा वित्तिय संस्थाहरुले कारोबार गर्दै आएका छन ।

आज सम्म कालीकोट जिल्लामा डिजेल प्लान्टबाट दैनिक ४ घण्टा उज्यालोको व्यवस्थापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित