सान्नित्रिवेणि र नरहरिनाथ गाउँ पालिका सडक यातायातमा जोडिदै

7
SHARES
15
VIEWS

कालीकोट । यातायातको कठिनाई भोग्दै आएको नरहरिनाथ गाउँ पालिकाको रुप्सामा पहिलो पटक मालबाहक गाडी पुगेपछि स्थानिय खुशि भएका छन । सान्नित्रिवेणि गाउँ पालिकाको मेहलमुडी हुंदै नरहरिनाथ गाउँ पालिका रुप्सा गाउँ नजिक गाडी पुगेको स्थानिय डण्डमान बोगटीले बताएका छन ।

उनका अनुसार गाउँको नजिक मालवाहक सामान पुगेका छन अबको केही समय भित्र गाउँमा पुग्ने आशा लिएको छ । सो कार्यक्रममा नरहरिनाथ गाउँ पालिका वडा न. ५का अध्यक्ष गगन फडेरा,सान्नित्रिवेणि गाउँ पालिकाका जनप्रतिनिधिहरुको सहभागितामा स्वागत कार्यक्रम गरिएको बताइएको छ ।

नरहरिनाथ गाउँ पालिकाको कुमालगाउँ देखि रुप्सा जाने सडकको तिव्र गतिले काम भइरहेको बताइएको छ ।
नरहरिनाथ गाउँ पालिका वडा न.५ रुप्सा बस्तिको नजिक पहिलो पटक मालसामान बोकेको गाडी पुगेको छ यस कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाइ धन्यवाद । अब यसलाइ यसै गरि चाडै छोटो बाटो कुमालगाउ जोडिने आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित