कालीकोट । नेकपा( माअेवादी केन्द्र)तिलागुफाले कोरोना महामारीलाई रोकथामका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ ।
नेकपा( माअेवादी केन्द्र)तिलागुफा गाउँ कमिटीको आज बसेको बैठकले सो निणर्य गरेको हो ।
गाउँ कमिटि अध्यक्ष दिनेश चंदाराका अध्यक्षतामा बसेको बैठकले जनसरोकारका काम काजलाई व्यवस्थित गर्ने गरी गाउँ कमिटी सचिव हस्त बहादुर शाहीको नेतृत्वमा ७ सदस्य समिति गठन गर्नुका साथै शुक्रवार सर्वदलिय बैठक बस्ने निर्णय समेत गरेको गाउँ कमिटि अध्यक्ष दिनेश चंदाराले बताउनु भएको छ ।
बैठकमा नेकपा(माओवादी केन्द्र)का जिल्ला सचिवालय सदस्य सरोज बोगटी(विपिन) नगर सहइन्चार्ज रतन शाही(सागर) लगाएतका नेताहरुको सहभागिता रहेको बताइएको छ ।
Discussion about this post