वाइसिएलले बुझायो कर्नालि प्रदेश सरकारलाई १० बुद्धे सुझाव

7
SHARES
15
VIEWS
 सुर्खेत । कर्नालि प्रदेश सरकारलाई नेकपा(माओवादी केन्द्र)को भातृ संगठन वाइसिएल नेपाल र अनेरास्ववियु(क्रान्तिकारी)ले आगामि बजेटमा शहिद, घाईते यौद्धाका सन्ततिलाई उच्च शिक्षाको माग गर्दै ज्ञापन पत्र बुझाएका छन । वाइसिएल नेपालका गणेश शाही र अनेरास्ववियु(क्रा)का अम्मराज शाही द्धारा हस्ताक्षरित सुझाव पत्रमा आज कर्नालि प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा पेश गर्दै प्रदेशमा आफ्नै मेडिकल कलेज,आवासिय विद्यालय,महिला केन्द्रित उद्यमशिलता र शिक्षामा २० प्रतिशत वजेट व्यवस्थापन गर्न अनुरोध गरेको छ ।
कर्नालि प्रदेको को आर्थिक बर्ष ०७८।०७९ मा यस कर्णाली प्रदेशका बेरोजगार युवा विद्यार्थीलाई आत्मनिर्भर तथा व्यवसायीकरुपमा अगाडि बढाई स्वरोजगारको सिर्जना हुनेगरी यस बर्षको नीति तथा कार्यक्रममा निम्न सुझाव दिएको छ ।
जस्ताको त्यस्तै :
श्री माननिय मन्त्री ज्यु ,
आर्थिक मामिला तथा योजना मन्त्रालय
कर्णाली प्रदेश ,बिरेन्द्रनगर सुर्खेत                                                                                                        मिति २०७७/२/२५
                                         विषय : आ.व .०७८/०८९ को नीति तथा कार्यक्रम माथी सुझाव !
हाम्रो महान तथा गौरवशालि संगठन अनेरास्ववियु ( क्रान्तिकारी) र वाई .सि.एल.नेपाल बिगत देखि नै राजनीतिक तथा शैक्षिक परिबर्तनका लागि अग्र मोर्चामा रहदै आएको हामी सबैलाई अबगत नै छ ।कर्णाली प्रदेको को आर्थिक बर्ष ०७८/०७९ मा यस कर्णाली प्रदेशका बेरोजगार युवा विद्यार्थीलाई आत्मनिर्भर तथा व्यवसायीकरुपमा अगाडि बढाई सोरोजगारको सिर्जना हुनेगरी यस बर्षको नीति तथा कार्यक्रममा निम्न तपशिलका सुझावहरु सहित माननीय मन्त्री ज्यु समक्ष पत्रका साथ अनुरोध गर्दछौ ।
तपशिल :
१) जनयुद्धका शहिद ,बेपत्ता ,घाईते,अपांग योद्धाका सन्ततिहरु लाई उच्च शिक्षा तहसम्म नि:शुल्क अध्ययानको लागि यो बर्षको नीति तथा कार्यक्रम मार्फत कार्यन्वयन मा ल्याईयोस ।
२)कर्णाली प्रदेश सरकारको माताहतमा रहनेगरी प्रदेशिक बिश्वबिध्यालय स्थापना गरियोस ।
३)कर्णाली प्रदेशका सबै पालिकाहरुमा आबाशिय बिध्यालयको स्थापना गरि पहिलो चरण १० वटा जिल्लाका १/१ वटा पालिकामा आवाशिय बिधालय स्थापना गरि सहिद ,बेपत्ता ,घाईते, अपांङ्ग योद्धा,असहाय र टुहुरा बालबालिकको अध्यान को ब्याबस्थाप गरियोस ।
४) कर्णाली प्रदेशमा रहेका बेरोजगार युवाहरु को तथ्यांक संकलन गरि बिना धितो व्यावसायिक लोनको ब्याबस्था गरि सोरोजगारको सिर्जना गरियोस ।
५) महिला हरुलाई ब्याबसायिक रुपमा जोडि आत्मनिर्भर तथा सोरोजगार दिन युवा महिला उद्धमसिलता लाई प्राथमिकता दिई आबश्यक रकम को ब्यबस्थापन गरियोस ।
६) आर्थिक रुपमा बिपन्न रहेका विद्यार्थीहरु को सहि पहिचान गरि उच्च शिक्षा तथा प्राबिधिक शिक्षा अध्यान गर्न चाहाने विद्यार्थीहरु लाई निशुल्क पठनपाठन को ब्याबस्था गरियोस ।
७)कर्णाली प्रदेश सरकारको आफ्नै मेडिकल कलेजको अवधारणा अगाडि बढाई आफ्नै मेडिकल कलेजको स्थापना गरियोस ।
८) शिक्षामा आ.व.०७८/०७९ को बजेट मा २०% भन्दा माथी बजेट को ब्याबस्थापन गरियोस् ।
९) माहामारी को रुपमा फैलिएको कोभिड -१९ विरुद्धको खोप कर्णाली प्रदेशका नागरिकहरुलाई निशुल्क उपलब्ध गराइयोस।
१०) कोभिड -१९ को बिश्व महामारिको प्रकोपलाई मध्यनजर गर्दै प्रदेश सरकारले वडा स्तर सम्म युवा स्वंयसेबकको गठन गरि कोभिड -१९ नियन्त्रणमा विशेष पहल गरियोस ।
गणेश शाही
ycl नेपाल
कर्णाली प्रदेश संयोजक
अम्मराज शाही अम्मरजंग
केन्द्रीय सचिव तथा संयोजक
अखिल क्रान्तिकारी कर्णाली प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित