कालीकोटका विद्यार्थिहरु बोर्डिङ छाड्दै सामुदायिक विद्यालयमा पढ्न थाले

7
SHARES
15
VIEWS

कालीकोट । कालीकोट जिल्लामा आय स्तर भएका मात्र होइनन ।केही वर्ष अघि अधिकांस ग्रामिण क्षेत्रका समुदायले तरकारी विक्रि होस या ऋण गरेर छोरा छोरी शहरका महंगा आवासिय विद्यालय रोज्ने प्रतिष्पर्धा निकै थियो ।

पछिल्लो समय भने त्यो क्रम घट्न थालेको छ । कोरोनाका कारण गएका वर्ष शैक्षिक शत्रको शुरुवात हुन लाग्दा लक डाउन भयो । अध्ययनको लागि आवासिय विद्यालयमा पढ्न शहर पठाइएका वालवालिकाहरु धमाधम फर्किन थाले ।

गएको वर्ष चैत्र महिना देखि लक डाउन भएपछि असोज सम्म घरमा बसेका वालवालिकाहरु शहर पठाउन अभिभावकहरुले मानेन । बांकी रहेको ६ महिनाका लागि आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै भर्ना गर्न बाध्य भए । गएको वर्ष जस्तै यस वर्ष पनि सोही व्यथा आयो ।

तिन पटकको परिक्षा दिएर अन्तिम परिक्षा दिन बांकी राखेर सुर्खेतबाट गाउँ आएका पचालझरना १ सिकुका राजकुमार ऐडी असोज पछि मात्र लक डाउन खुलेपछि शहर फर्किएनन । उनलाई ६ महिनाका लागि शहर पठाउदा भने अनुसारको पढाइ नहुने भएपछि सरकारी विद्यालयमा अध्ययन गर्न लगाइयो । यसै गरी पचालझरना गाउँ पालिकामा मात्र होइन अधिकांस विद्यालयहरुमा आवासिय विद्यालय छोडेर सामुदायिक विद्यालयमा नै फर्किएका हुन ।

पचालझरना गाउँ पालिकाको वडा न. ३ खार्दुमा रहेको जनता माध्यमिक विद्यालयमा आर्थिक वष २०७६को शैक्षिक शत्र शुरु हुंदा २ सय ९०को संख्या रहेको भएपनि आर्थिक वर्ष २०७७मा बढेर तिन सय ४० पुगेको विद्यालयका प्रधानध्यापक तुलराज कठायते बताउनु भयो । वहाँका अनुसार कोरोनाका कारण विद्यालय बन्द गर्नु भन्दा पढाई सुचारु गर्नु पर्नेमा जोड दिनु पर्ने जिकिर गर्नु भयो ।


तिन पटकको परिक्षा दिएर अन्तिम परिक्षा दिन बांकी राखेर सुर्खेतबाट गाउँ आएका पचालझरना १ सिकुका राजकुमार ऐडी असोज पछि मात्र लक डाउन खुलेपछि शहर फर्किएनन । उनलाई ६ महिनाका लागि शहर पठाउदा भने अनुसारको पढाइ नहुने भएपछि सरकारी विद्यालयमा अध्ययन गर्न लगाइयो । यसै गरी पचालझरना गाउँ पालिकामा मात्र होइन अधिकांस विद्यालयहरुमा आवासिय विद्यालय छोडेर सामुदायिक विद्यालयमा नै फर्किएका हुन ।


प्रधानध्यापक कठायतले कोरोनालाई बैज्ञानिक नाम कोभिड १९ दिएपनि महामारी रुघा खोकी भएकाले विद्यालय सुचारु गर्नु पर्ने बताउनु भएको छ । ग्रामिण क्षेत्रमा बैकल्पिक र अन्य विधिबाट अध्ययन अध्यापन गर्नु भन्दा पनि कोभिड सर्तकता अपनाउनका लागि स्वस्थ्य सुरक्षा मापदण्ड लागु गर्दै अघि बढ्नु पर्नेमा जोड रहदै आएको छ । पचालझरना गाउँ पालिकाका शिक्षा शाखा प्रमुख नमराज शाहीले गाउँ पालिकामा शैक्षिक शत्र शुरुवातको चरणमा भर्ना देखि अन्य व्यवस्थापन गर्ने र कोरोना खुकुलो हुने वित्तिकै पढाई सुचारु गर्ने तयारीमा गाउँ पालिका लागेको बताउनु भयो ।

आफुले जसरी पनि पढाइलाई शुरुवात गर्ने हो त्यसका लागि गाउँ पालिकामा बैठक राखेर सहजता पूर्वक पढाई शुरु गर्ने कोभिड १९ बढ्दै गएमा बैकल्पिक माध्यमबाट पढाइ गर्ने की भन्ने छ सम्भावना भए सम्म एफएम रेडियोको माध्यम तथा विद्यार्थिलाई घरमा सन्दर्भ सामाग्रि दिने तयारीमा रहेको बताउनु भयो ।

सान्नित्रिवेणि गाउँ पालिकाको बडरुख आधारभुत विद्यालयका प्रधानध्यापक चन्द्रसिंह सांवदले विद्यालयमा अध्ययन अध्यापन शुरु गर्नु पर्ने तर बैकल्पिक माध्यमबाट पढाई पहाडी तथा हिमालि जिल्लामा सम्भावना नभएको बताउनु भएको छ । वहाँले विद्यार्थिहरुमा सबै हिसावले पहुंच नहुने भएकाले बैकल्पिक माध्यम प्रभावकारी नहुने सांवदको तर्क रहेको छ । वहाँले अध्ययनका लागि शहर पसेका ८ जना विद्यार्थि भर्ना भएको बताउदै वर्षेनि कोरोना लगाएतको समस्या भएकाले शहर जानु भन्दा गाउँमै व्यवस्थित तरिकाले पढाउनु पर्नेमा अभिभावकहरुको सोच रहेको बताउनु भयो ।


ग्रामिण क्षेत्रमा बैकल्पिक र अन्य विधिबाट अध्ययन अध्यापन गर्नु भन्दा पनि कोभिड सर्तकता अपनाउनका लागि स्वस्थ्य सुरक्षा मापदण्ड लागु गर्दै अघि बढ्नु पर्नेमा जोड रहदै आएको छ । पचालझरना गाउँ पालिकाका शिक्षा शाखा प्रमुख नमराज शाहीले गाउँ पालिकामा शैक्षिक शत्र शुरुवातको चरणमा भर्ना देखि अन्य व्यवस्थापन गर्ने र कोरोना खुकुलो हुने वित्तिकै पढाई सुचारु गर्ने तयारीमा गाउँ पालिका लागेको छ।


बडरुख आधारभुत विद्यालय मेहलमुडीमा २०७६को तुलनामा २०७७ विद्यार्थिको संख्या बढेको तर कक्षा ८का विद्यार्थि बाहिरीएका कारण अघिल्लो वर्षको तुलनामा कम भएपनि आवासिय विद्यालयबाट सामुदायिक विद्यालयमा आकर्षण बढ्न थालेको दावि गर्नु भयो ।
जिल्लाका सबै विद्यालयहरुले अन्तिम परिक्षाहरु भने आन्तरिक मुल्यांकन विधिबाट नतिजा सार्वजनिक गरेका छन ।

ओदा माध्यमिक विद्यालय महावैले आन्तरिक विधिबाट नतिजा सार्वजनिक गर्दै सरकारले आवश्यक निति बनाइ सके पछि पढाई सुचारु गर्ने तयारीमा रहेको ओदा माविका प्रधानध्यापक देउला सिंह ठकुरीले बताउनु भएको छ ।
कोरोनाका कारण शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाएको अवस्थामा सरकारले बैकल्पिक माध्यमबाट भएपनि शैक्षिक शत्र अषाढ देखि लागु गर्ने बताइरहेको अवस्थामा कालीकोटका लागि सम्भावना न्युन रहेको सरोकारवालाले बताउन थालेका छन ।
शिक्षा क्षेत्रका लागि निरन्तर लागि परेको अनेरास्ववियु(क्रा)कालीकोटका संयोजक मनसिंह शाहीले कोभिड महामारीका विचमा स्वस्थ्य मापदण्डलाई लागु गर्दै पढाइ शुरु गर्नु पर्नेमा जोड दिनु भएको छ । वहाँले भन्नु भयो बैकिल्पक माध्यमबाट भन्दा पनि विद्यालयमा भौतिक उपस्थितिमा पढाइ शुरु गर्ने पर्ने हुन्छ । त्यसका लागि सरकारले वातावारण बनाउनु पर्ने शाहीको भनाई रहेको छ ।

पछिल्लो समयमा आवासिय विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थिहरुको आकर्षण बढ्न थालेकाले सामुदायिक विद्यालयमा अंग्रेजि माध्यमबाट पढाई शुरु गर्दा आवासिय विद्यालय प्रतिको समुदायको चासो घट्ने शाहीले बताउनु भयो ।


अनेरास्ववियु(क्रा)कालीकोटका संयोजक मनसिंह शाहीले कोभिड महामारीका विचमा स्वस्थ्य मापदण्डलाई लागु गर्दै पढाइ शुरु गर्नु पर्नेमा जोड दिनु भएको छ । वहाँले भन्नु भयो बैकिल्पक माध्यमबाट भन्दा पनि विद्यालयमा भौतिक उपस्थितिमा पढाइ शुरु गर्ने पर्ने हुन्छ । त्यसका लागि सरकारले वातावारण बनाउनु पर्ने शाहीको भनाई रहेको छ ।


कालीकोट जिल्लामा पछिल्लो समय विद्यार्थिको संख्या बढ्न थालेको जिल्ला शिक्षा समन्वय इकाइ कालीकोटका प्रमुख महेश देवकोटाले बताउनु भएको छ । वहाँका अनुसार कालीकोट जिल्लामा २०७६मा विद्यार्थिको संख्या ५४ हजारबाट २०७७मा ५९ हजार पुगेको बताउनु भएको छ ।

अहिलेको कोभिड महामारीको अवस्थामा सरकारले शैक्षिक शत्र अषाढ देखि शुरु गर्ने भनेको तर पाठ्यपुस्तक लगाएतको व्यवस्थापन नभएकाले अषाढमा भर्ना अभियानका काम हुने बताउदै कोरोनाको लहर कम हुने वित्तिकै पठन पाठनमा जोड दिने बताउनु भएको छ ।


कालीकोट जिल्लामा २०७६मा विद्यार्थिको संख्या ५४ हजारबाट २०७७मा ५९ हजार पुगेको  छ ।२०७६मा २ सय ९४ वटा सामुदायिक विद्यालय मध्ये अधिकांस गाउँ पालिकामा मर्जर हुंदा २ सय ८७मा झरेको बताइएको छ ।


इकाइ प्रमुख देवकोटाले अहिले पनि विभिन्न निकायहरु संग शैक्षिक अवस्थाका बारेमा छलफल जारी रहेको र बैकल्पिक माध्यमहरु के के हुन सक्छन सो को बारेमा निष्कर्ष निकाल्ने तयारीमा रहेको बताउनु भएको छ ।

कालीकोट जिल्लामा २०७६मा २ सय ९४ वटा सामुदायिक विद्यालय मध्ये अधिकांस गाउँ पालिकामा मर्जर हुंदा २ सय ८७मा झरेको बताउनु भएको छ ।

कालीकोट जिल्लाका नरहनिाथ गाउँ पालिकाले सबै भन्दा बढि विद्यालय मर्जर गरेको बताउदै शुभकालिका गाउँ पालिका र रास्कोट नगरपालिकाले मर्जरलाई जोड दिएको र अन्य गाउँ पालिकाले समेत अभियान थालनि गरेको देवकोटाको भनाई रहेको छ ।
शिक्षा क्षेत्रलाई कोभिड महामारीका समयमा कोभिड पूर्व तयारी तथा प्रतिकार्य शिक्षण सिकाई योजना अघि सारेको बताउदै यस अन्तरगत टोल शिक्षा, बैकल्पिक माध्यम अनलाईन, रेडियो लगाएतका विधि अपनाउने समेत बताउनु भएको छ ।

कोभिड नै सामुदायिक विद्यालयका लागि अवसर भएकाले सदुपयोग गर्नु पर्नेमा सरोकारवालाहरुको जोड रहेको छ । पचालझरना गाउँ पालिकाका अध्यक्ष खडगराज सेजुवालले यहि अवसरमा सामुदायिक विद्यालयमा शैक्षिक क्षेत्रमा गुणस्तर बढाउनु पर्ने बताउनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित