तिन वर्षे जेल जिवन भोगेकी अल्किनाले पाइन कालीकोट महिला इन्चार्जको जिम्मेवारी

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कालीकोट जिल्ला इन्चार्जमा अल्किना बम(बविता) र जिल्ला संयोजकमा मिठु शाही(शैलजा)लाई तोकेको छ ।

अनेमसंघ(क्रान्तिकारी)को कर्नालि प्रदेश समितिको बैठकले सो निणर्य गरेको बताइएको छ । त्यसै गरी कर्नालि प्रदेशका अन्य जिल्लाहरुको जिम्मेवारी समेत तोकिएको छ ।

अनेमसंघ(क्रान्तिकारी)को केन्द्रिय सदस्य समेत रहनु भएकी अल्किना बम(बविता) पार्टी कामको सिलसिलामा बझांङ जाने क्रममा प्रहरीले गिरफ्तार गरेको थियो । बझांङ जिल्लामा प्रहरीले नियन्त्रण लिएर २०६० सालको साउन देखि २०६३ साल सम्म ३ वर्ष जेलजिवन भोगेकी अल्किना बम युद्धकालिन समयमा बझांङ जिल्लाको सैनिक हिरासतमा शारिरीक तथा मानसिक याताना पाएकी बविता युद्धको अवधिमा रिहाई हुनु भएको थियो ।

युद्धकालमा हरेक पिडा,दुःखकष्ट भोग्दै आएकी अल्किना बम(बविता)ले अनेमसंघ(क्रान्तिकारी)ले दिएको जिम्मेवारी पुरा गर्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित