पचालझरनाको पणेक्षा देखि सिकु सम्म सररररररर

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको डोठे देखि पणेक्षा सम्मको सडक बने संगै आवत जावतमा सहजता हुने भएको छ । पचालझरना गाउँ पालिकाकाले दुरगामि योजनाका रुपमा लिएको उक्त सडक आज देखि सम्पन्न भएको छ ।

सो सडकमा अब देखि यातायातका साधनहरु संचालनमा आउने भएका छन । पचालझरना गाउँ पालिकाले प्रत्येक वडा सम्म सडक पुगाउने लक्ष्य पुरा गरेको छ । अहिले पचालझरनाको जारकोट, लाफा देखि सबै वडाहरुमा सडक संजाल जोडिएको छ ।

जारकोट देखि विजुलि ओढार,तोलिभिड, लाफा देखि नानिकोट,भुराबगर देखि कोटिला,तिखात्ति,जारकोट देखि राम्नाकोट हुंदै बांझकोट,लाफा देखि खार्दु,पणेक्षा देखि सिकु सम्म यातायातको पहुंच पुगेको छ ।

पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले आफुहरुको कार्यकालमा विकास निर्माणका काम विशेष गरी सडक संजालमा जोड्न सफल भएको बताउनु भएको छ ।

अस्थायि संरचनालाई स्थायि बनाउनका लागि आफुहरुको कार्यकालमा निरन्तर लागि परेको बताउनु भएको छ । पचालझरनाका जनताहरुको साथ पाएपछि विकास निर्माणमा नमुना बनाउन आफुहरु लागि परेको बताउदै पचालझरना गाउ पालिकाका अध्यक्ष खडगराज सेजुवालले भावि दिनमा स्तरउन्नति र व्यवस्थित बनाइने बताउनु भएको छ ।

पणेक्षा देखि सिकु सम्मको सडक केही दिन भित्र औपचारिक रुपमा उद्घाटन गर्ने अध्यक्ष सेजुवालले बताउनु भएको छ ।
उक्त सडक निर्माण संगै त्यहाँका नागरिकहरु खुशि भएका छन ।

स्थानिय कालु कठायते आफुहरुले गाउँ पालिकाको योजनालाई सफल पार्न निरन्तर काममा लागि परेकै कारण काम सम्पन्न भएको बताउनु भएको छ । वहाँका अनुसार कडा चट्टान फोडेर समयमै सडक सम्पन्न गरेकोमा स्थानियले धन्यवाद दिएका छन ।

वडा न. २का वडा अध्यक्ष करविर विकले आफुहरुको कार्यकालमा वडाबासिले घरको आंगनमा गाडी गुडेको देख्ने चाहाना पुरा भएको बताउनु भएको छ । सो सडक वडा न. २को खरकोट धमालि हुंदै वडा न. १को घाट सम्म संचालन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित