थप ५ हजार ७६८ जना कोरोनामुक्त

7
SHARES
15
VIEWS

काठमाडौँ । गत २४ घण्टामा थप ५ हजार ७६८ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म निको हुनेमा ५ लाख ४ हजार ५३० जना पुगेको छ ।

गत २४ घण्टामा थप ४ हजार ३४४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार ७४ पीसीआर र ४ हजार ५६८ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ३४४ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ एक सय जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ जना रहेको छ ।

२४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित