सभामुख सापकोटाले कहिले बोलाउदै छन संसद

7
SHARES
15
VIEWS

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले छायाँ संसद बोलाउन तयारी थालेका छन् ।  संसद विघटनपछि जनताका विषय उठ्ने थलो बन्द भएको निश्कर्षसहित सभामुख सापकोटाले  संसद बोलाउन तयारी थालेका हुन् ।

सभामुख सापकोटाले त्यसअघि छलफल गर्न भन्दै २८ जेठका लागि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसहितको सर्वदलीय बैठक बोलाएका छन् ।

संसद विघटन भएपछि सभामुख सापकोटाले पूर्व सभामुख तथा संविधानविद् तथा कानुनविद्हरुसँगसमेत छलफल गरिसकेका छन् । सो क्रममा देश र जनताका पक्षमा संविधानले दिएको अधिकार प्रयोग गरेर आफूले उचित निर्णय लिने सभामुख सापकोटाले बताएका थिए ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्व प्रधानमन्त्री र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलका लागि निमन्त्रणा दिंदै पत्र पठाइएको जानकारी दिए । उनका अनुसार आगामी २८ जेठका लागि बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको हो ।

यसअघि सभामुख सापकोटाले संसद विघटनका विषयमा आफ्नो प्रष्ट धारणा सार्वजनिक गरिसकेका छन् । उनले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै आएका छन् ।

दलहरुसँगको छलफलपछि सभामुखले छायाँ संसद बोलाउने विषयमा निर्णय लिने बताइएको छ । त्यसबीचमा उनले नागरिक समाज तथा पत्रकारहरुसँग पनि छलफल गर्ने बताइएको छ ।।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित