कालीकोट । महिलाहरुलाई आत्मनिर्भर बनाउन र सिप विकासका लागि पचालझरना गाउँ पालिकाले सिलाई कटाई तालिम संचालन गरेको छ ।
पचालझरना गाउँ पालिकाको उद्यम विकास शाखाको आयोजनामा वडा न. ६का महिलाहरुलाई ९० दिने तालिम संचालन गरेको हो ।
गरिवि निवारणका लागि लघुउद्यम कार्यक्रम(मेड्पा) ले वडा न. ६का महिलाहरुलाई सिप विकास प्रदान गरेर आफ्नो खुट्टामा उभिने गरी तालिम दिइएको बताइएको छ । वडा न. ६का वडा अध्यक्ष धनपति बुढाले तालिमको उद्घाटन गर्दै महिलाहरुले आफुले आफ्ना लागि सिक्ने सिप भएकाले तिन महिनाको अवधिका राम्रो संग सिप सिक्न अनुरोध गर्नु भएको छ ।
उक्त तालिम जेष्ठ २३ देखि शुरु भई भाद्र २३ गते सम्पन्न हुने आयोजकले बताएका छन ।
Discussion about this post