पत्रकार आचार संहिता २०६०(के के छन आधारभुत प्रावधानहरु)

7
SHARES
15
VIEWS

प्रस्तावना : स्वस्थ पत्रकारिताको विकासका निम्ति आमसंचार माध्यम र पत्रकारलाई जिम्मेवार र व्यावसायिक बनाई प्रेस स्वतन्त्रताको सम्वद्र्धन गर्दै यसको दुरूपयोग हुन नदिन तथा राष्ट्र र समाजप्रति बढी उत्तरदायी बनाउन एवं नेपाल अधिराज्यको संविधान २०४७ द्वारा प्रत्याभूत स्वतन्त्रता र हक अधिकारको जगेर्ना गर्दै जनतालाई सुसूचित गर्ने मूलभूत उद्देश्यले समसामयिक अन्तर्राष्ट्रिय प्रचलन र मान्यताहरूलाई समायोजन गरी आमसंचारका सबै माध्यमहरूलाई समेत समेटेर मौजुदा आचार संहितामा परिमार्जन गर्न वाञ्छनीय भएकोले नेपाल पत्रकार महासंघ समेतको सहमतिमा प्रेस काउन्सिल ऐनको दफा (७) को (ख) बमोजिम यो पत्रकार आचार संहिता २०६० बनाई जारी गरिएको छ ।

१. नाम, प्रारम्भ र विस्तार : (१) यस आचार संहिताको नाम ‘पत्रकार आचार संहिता, २०६०’ रहेको छ ।

२ . यो आचारसंहिता तुरुन्त लागुू हुनेछ ।

३ . यो आचार संहिता नेपाल अधिराज्यभित्र कार्यरत सम्पूर्ण पत्रकार तथा आमसंचार माध्यमहरूलाई लागू हुनेछ ।

२. परिभाषा :विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस संहितामा–

(क) ‘पत्रकार’ भन्नाने छापा, विद्युतीय तथा अनलाइनजस्ता कुनै पनि प्रकृतिका संचार माध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसँग आवद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डलका सदस्यहरू, संवाददाता, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरामेन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता तथा संचालक, साजसज्जा, दृष्य तथा भाषा सम्पादकजस्ता पत्रकारिता पेशासँग सम्बन्धित संचारकर्मीहरूलाई जनाउँछ ।

ख. ‘संचार माध्यम’ भन्नाले नेपाल अधिराज्यमा संचालित पत्रपत्रिका, रेडियो एवं टेलिभिजन प्रसारणहरू तथा इन्टरनेटका समाचार र विचारमूलक अनलाइन सेवाहरू समेतलाई जनाउँछ ।

ग. ‘काउन्सिल’ भन्नाले प्रेस काउन्सिल नेपाललाई जनाउँछ ।

३. पत्रकार तथा संचार माध्यमहरूले देहायका कर्तव्य निर्वाह गर्नेछन् ः

१ प्रेस स्वतन्त्रताको संरक्षण र सम्बद्र्धन ः विचार र अभिव्यक्ति स्वतन्त्रता नागरिकहरूको आधारभूत अधिकार भएकाले यसको संरक्षण र सम्वद्र्धनका निम्ति सदैव दृढ, सजग र सतर्क रहनु पर्दछ ।

२.मानव अधिकार र अन्तर्राष्ट्रिय सम्बन्धको सम्मान : मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय लिखतहरूले प्रत्याभूत गरेका हक, अधिकार, सिद्धान्त मान्यता र प्रचलनको सम्मान गर्दै प्रजातन्त्र, न्याय, समानता, शान्ति र अन्तर्राष्ट्रिय समझदारीको संरक्षण र सम्वद्र्धन तथा मित्र राष्ट्रहरूबीचको भाइचारालाई अभिवृद्धि गर्नुपर्दछ

३. सूचनाको हकको रक्षा र प्रचलन : आम नागरिकको सुसूचित हुन पाउने हक अधिकारको रक्षा गर्न सदैव क्रियाशील एवं समर्पित रहनुपर्दछ ।

४.सत्य तथ्य सूचनाको सम्प्रेषण : व्यावसायिक पत्रकारिताको लक्ष्य हासिल गर्न सत्य–तथ्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्नुपर्दछ ।

५.सम्पादकीय स्वतन्त्रता : संचार माध्यमबाट प्रकाशित – प्रसारित सामग्रीको उत्पादन तथा सम्प्रेषणप्रतिको जिम्मेवारी र उत्तरदायित्व पत्रकारमा हुनुपर्दछ ।

६ गोपनीयताको हकको सम्मान :सार्वजनिक हितमा प्रतिकूल असर पार्ने बाहेकको अवस्थामा वैयक्तिक एवं व्यावसायिक गोपनीयताको सम्मान गर्नुपर्दछ ।

७ उच्च व्यावसायिक अभ्यास :पत्रकारिताका आधारभूत मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध रही जवाफदेही एवं उत्तरदायित्व तथा विश्वसनीयताको निर्वाह गर्न उच्च व्यावसायिक अभ्यास गर्नुपर्दछ ।
८. शिष्ट व्यवहार : व्यावसायिक अभ्यासमा सामाजिक शिष्टताको सम्मान गर्दै नैतिक, शिष्ट एवं मर्यादित कार्यशैली र भाषाको प्रयोगमा सजग रहनुपर्दछ ।
९. गल्ती सच्याउने :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित