पचालझरनामा भेरोसेल लगाउनेको संख्या १सय ७८ जना

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा भेरोसेल खोप लगाउनेको संख्या १ सय ७८ जना पुगेको छ ।

६२ देखि ६४ वर्ष सम्म उमेर समुहका १ सय ७० जना,जनप्रतिनिधि ६ जना,जनपद प्रहरी १ जना,वित्तिय संस्थाको १ जना गरी १ सय ७८ जना पुगेको स्वस्थ्य शाखा प्रमुख विरेन्द्र संज्यालले बताउनु भएको छ ।

जस मध्ये एक सय ४ जना पुरुष र ७४ जना महिला रहेको बताइएको छ । पचालझरना गाउँ पालिकाका वडा न. १ देखि ९ सम्म रहेका स्वस्थ्य संस्थामा गरिएको भेरोसेल खोप लगाउने क्रममा पहिलो चरणमा एक सय ७८ जना पुगेको र गाउँ पालिकामा प्राप्त भएको २सय ४७ वटा भ्याक्सिन मध्ये ६९ वटा बांकी रहेको प्रमुख संज्यालले बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकामा स्वस्थ्य शाखाले पिसिआर तथा एन्टिजेन द्धारा परिक्षण गरिदै आएको छन भने सरसफाईका लागि वडा स्तरमा चेतना अभिबृद्धिका साथै माक्स लगाएतका सामाग्रि वितरणको कार्यक्रम गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित