रास्कोटमा विष सेवन गरेर एक महिलाको ज्यान गयो

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिको वडा न. ७ निवासि तुलसा विकको विष सेवन गरेर ज्यान गएको छ ।

बुधबार सांझ विष सेवन गरेकी तुलसा विकको उपचारको क्रममा जिल्ला अस्पताल कालीकोटमा ज्यान गएको छ । पारिवारिक विवादका कारणले विष सेवन गरेको पारिवारिक श्रोतले जनाएको छ । विष सेवनका क्रममा उपचारका लागि रास्कोट अस्पतालमा लिएको तर अवस्था जटिल भएपछि थप उपचारका लागि जिल्ला अस्पताल पठाइएकोमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

जिल्ल प्रहरी कार्यालय कालीकोटका प्रहरी निरिक्षक भुपेन्द्र शाहीका अनुसार रास्कोट ७ गैरागाउँ निवासि ४८ वर्षिया तुलसा विकले विष सेवन गरेर जिल्ला अस्पतालमा मृत्यु भएको बताउनु भएको छ ।

वहाँका अनुसार के कति कारणले विष सेवन गरेको हो सो को बारेमा इलाका प्रहरी कार्यालय रास्कोटको टोलिले मृतकको घरमा जाहेरीका लागि गएको र उक्त जाहेरीका आधारमा पोष्टमार्टम गरिने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित