पल शाहको टिमले दियो रास्कोटलाइ स्वास्थ्य सामाग्री

7
SHARES
15
VIEWS

कालीकोट । नायक पल शाहको टिमले रास्कोट अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

पल शाहके नेतृत्वमा रहेको हाम्रो टिम नेपालका सामाजिक अभियान्ता दमन न्यौपानेको पहलमा कालीकोट जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
बुधबार जिल्ला स्थित कोभिड अस्पताललाई १२ वटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ भने जिल्ला अस्पताल कालीकोटलाइ स्वास्थ्य सामाग्री सहयोग गरेको उक्त टिमले बिहीबार रास्कोट अस्पताललाई मेडिसियन औषधि प्रदान गरेको हो ।

रास्कोट अस्पतालका प्रबन्धक निर्देशक कौशल न्यौपानेका अनुसार हामिलाइ चार कार्टुन औषधी सहयोग गरेको तर विवरण प्राप्त नभएको स्टोरमा दाखिला गरेर मात्र के कति हो विवरण निकाल्ने बताउदै यस्तो दुर्गम क्षेत्रमा आएर स्वास्थ्य सामाग्री सहयोग गरेकोमा पल शाहको टिमलाइ धन्यवाद दिनु भएको छ ।
गत वर्ष पल शाहको टिमले नरहरिनाथ र सदरमुकामका बाढी पिडितलाइ सहयोग गरेको हाम्रो टिम नेपालका सामाजिक अभियान्ता दमन न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित