पचालझरना र नरहरिनाथ गाउँ पालिकामा गाउँ सभाको मिति तोकियो

7
SHARES
15
VIEWS

कालीकोट । आर्थिक वर्ष २०७८।०७९का लागि गाउँ सभाको तयारी हुन थालेको छ ।

सोही क्रममा पचालझरना गाउँ पालिकाले अषाढ ७ गते र नरहरिनाथ गाउँ पालिकामा अषाढ १० गते गाउँ सभाका लागि पूर्व तयारी गरेको छ । पचालझरना गाउँ पालिकाले वडा स्तरका योजना छनोट गरेर कार्यपालिकाको बैठकको आयोजना गरेको बताइएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालका अनुसार वर्षाको अवस्था जे जस्तो भएपनि गाउँ सभा तोकिएको मितिमा गर्ने र त्यसका लागि वडा अध्यक्ष र विभिन्न शाखाको आ आफ्नो योजना ल्याएर शुक्रबार कार्यपालिकाको बैठक आयोजना गरेको बताउनु भएको छ ।

त्यसै गरी नरहरिनाथ गाउँ पालिकाका निमित्त प्रशासकिय अधिकृत दुर्गालाल न्यौपानेले आगामि अषाढ १० गतेको लागि गाउँ सभाको मिति तोकिएको सुचना प्रकाशित गर्दै सम्पूर्ण शाखाहरुलाई तयारी अवस्थामा रहन अनुरोध गर्नु भएको छ ।

संघिय सरकारको जेष्ठ १५ गते र प्रदेश सरकारले जेष्ठ २८ गते भित्र बजेट ल्याउनु पर्ने र स्थानिय तहले अषाढ पहिलो सातामा गाउँ सभा गरेर योजना तर्जुमा गरी सक्नु पर्ने प्रावधान अनुरुप अघि बढ्ने निति रहेको बताइएको छ ।

यस वर्ष कोरोना महामारी र विकास निर्माण तथा रोजगारीलाई प्रथामिकतामा राखेर बजेट आउने बताइएको छ । जिल्लाका अन्य स्थानिय तहले पनि गाउँ सभा तथा नगर सभाको तयारी थालेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित