डोल्पामा छाक टार्न समस्या

7
SHARES
15
VIEWS

डोल्पा । चिसो मौसम सकिएपछि अहिले उपल्लो डोल्पाका सबै गाउँका स्थानीयवासी आफ्नै थातथलोमा जमघट छन् । यार्सागुम्वा सङ्कलन गरेर वर्षभरि खाने र सबै खालका समस्या टार्ने रकम जम्मा गर्ने हो । तर विडम्वना के छ भने डोल्पालीले दुई वर्षदेखि यार्सागुम्वा सङ्कलन गर्न पाएका छैनन् । जीवन जिउने मुख्य आधार यसैलाई मान्ने गरेका डोल्पाली यसबाट पीडित भएका छन् ।

कोरोना भाइरसको महामारीका कारण जङ्गलमा पाइने यार्सागुम्वा टिपेर व्यापार गर्न नपाउदा मुख्य कमाइ गर्ने आधार नै सकिएको डोल्पोवुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले बताए ।“गाउँमा विकास निर्माणका कामत शुरु भएका छन् तर यो पैसाले गाउँलेहरुको जीवन निर्वाह गर्न मुस्किल छ ।खाद्यान्न खरिद गर्न समेत धौ धौ पर्ने अवस्था आइसकेको छ । गाउँपालिकाले यति धेरै परिवारलाइ कसरी खाद्यान्न दिने ?”

गाउँमा विरामी हुँदा औषधि खरिद गर्ने पैसा पनि नभएको उनले जानकारी दिए । “औषधि ढुवानी गर्न औषधिको मूल्यभन्दा बढी बजेट चाहिन्छ” अध्यक्ष गुरुङले थपे “स्थानीय आम्ची, लामाको भरमा उपचार गर्नुपरेको छ, यहाँको पीडा कसले सुन्ने ?” वर्षमा मुस्किलले एक बालीमात्र उत्पादन हुने उपल्लो डोल्पामा अधिकांश समय बाहिरको खाद्यान्न ल्याएर जीवन चलाउनु परेको स्थानीय डोल्पोवुद्ध– ४ का अध्यक्ष पारतेन लामाले भने ।

अहिले जौ, उवा, गहुँ र फापर लगाउने समय आएको उनले बताए । आकाशे पानीको भरमा लगाएको बाली कात्तिकमा मात्र पाक्ने गर्दछ । चिसो मौसम भएका कारण बाली पाक्न कम्तीमा पनि छ महिना कुर्नुपर्छ । दुइ वर्षदेखि खाद्यान्नलगायतका अन्य समस्याहरु टार्नका लागि ऋण लिएको पैसा तिर्न नसक्दा साहुले दबाब दिएको स्थानीयले बताउदा आफूले केही गर्नसक्ने अवस्था नरहेको अध्यक्ष गुरुङले बताए ।

प्रदेश, सङ्घीय सरकारले उपल्लो डोल्पाका नागरिक बचाउनका लागि विशेष अनुदानको व्यवस्था गर्नुपर्ने यहाँको माग छ । सदरमुकाम दुनैबाट घोडा, चौरीमा  हप्ता दिनभन्दा बढी समय लगाएर ल्याइएको सामानले आफूहरु टाट पल्टिएको उपल्लो डोल्पाका सर्वसाधारणहरु बताउँछन् । अहिले पशुपालनलाई ध्यानमा राखी बजेट आएको रहेछ, अलिअलि खुशी पलाएको छ तर हाम्रो ठाउँमा सडक नपुगुञ्जेलसम्म केही हुने वाला छैन सिमेनका धावा गुरुङले बताए ।

जाजरकोट–डोल्पा हुँदै उपल्लो डोल्पा जोड्ने सडकमा बजेट पर्याप्त विनियोजन नगरेको उनको भनाई छ । अहिले छुट्याएको बजेटबाट जाजरकोट खण्डमा पिचका लागि मात्र खर्च हुने उनले बताए । जनता जोगाउने भए यार्सागुम्वा सङ्कलन गर्न दिनुपर्ने उपल्लो डोल्पाका स्थानीयबासीको माग छ ।

त्यस्तै सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् पशुपालन व्यवसायलाई सहयोग गर्ने जानकारी पाएपछि आफूहरु खुशी भएको उपल्लो डोल्पाका सर्वसाधारणहरु बताउँछन् । निकुञ्जभित्र रहेका अधिकांश गाउँहरुमा पशुपालन व्यवसाय सञ्चालन गर्न समेत मुस्किल हुँदै आएको छ । हिउँ चितुवालगायतका  अन्य जंगली जनावारले घरपालुवा जनावारको शिकार गर्दा ठूलो क्षति हुँदै आएको पनि उनीहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित