एमाले विवाद : संयुक्त वक्तव्य जारी गर्न तयार भएनन नेपाल

7
SHARES
15
VIEWS

काठमाडौं । नेपा एमालेभित्र देखिएको चरम विवाद समाधानका लागि निरन्तर प्रयासरत रहेको संस्थापन पक्षले अझै माधव नेपाललाई मनाउन सकिरहेको छैन ।

तर, आइतबार नेपालको निवासमै पुगेर संस्थापन पक्षका नेताहरुले गरेको प्रस्तावमा भने नेता नेपाल सकारात्मक भएको बताइएको छ । आज नेता नेपाललाई भेट्न कोटेश्वरस्थित उनकै निवासमा पुगेका संस्थापन पक्षका नेताहरुले पार्टी एक रहेको सन्देश दिन ओली र नेपालले संयुक्त वक्तव्य जारी गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

उक्त प्रस्तावमा नेता नेपाल सकारात्मक देखिए पनि कार्यदलले वक्तव्यको मस्यौदा निर्माण गर्नुपर्ने नयाँ शर्त तेस्र्याएका छन् । जब कि यसअघि नै कार्यदल निष्क्रिय बनिसकेको छ । नेता नेपालले सो कार्यदल ब्युँताएर पार्टी एकताको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

तर, कार्यदल ब्युँताउने विषयमा संस्थापन पक्षका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सल्लाह गर्नुपर्ने बताएपछि कोटेश्वरमा थप छलफल अगाडि नबढेको बताइएको छ ।

पार्टीभित्रको विवाद समाधान गर्न गत जेठ २ गते दुवै पक्षका ५/५ जना रहेको १० सदस्यीय कार्यदल गठन भएको थियो । सो कार्यदलले काम गर्न शुरू गर्दैगर्दा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको प्रक्रिया शुरू गरेपछि कार्यदल निष्क्रिय बनेको थियो ।

ओली पक्षमा रहेका उपमहासचिव विष्णु पौडेलका साथै नेताद्वय सुवास नेम्वाङ र शंकर पोखरेल आइतबार विहान नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । माधव नेपाल पक्षमा रहेका उपमहासचिव घनश्याम भुसाल पनि पुगेका थिए ।

नेता नेपालसँग आइतबार भएको छलफलबाट समग्रमा नेताहरू निराश बनेका छन् । किनभने वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई पार्टीले भोलिसम्मको समय दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको समर्थनसहितको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । तर, नेपाल पक्षले भने कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नलिने जवाफ बालुवाटारलाई पठाएपछि एकताको सम्भावना पुनः कमजोर बनेकाले नेताहरु निराश बनेका हुन् ।

केन्द्रीय कमिटी बैठकले दिएको निर्देशन पालना नगरे पार्टी एकताको च्याप्टर क्लोज हुने अध्यक्ष ओलीले चेतावनी दिइसकेका छन् । अर्कोतर्फ नेपाल पक्षका नेताहरुमाथि पार्टीले थप कारबाही गर्नसक्ने अवस्था छ । यस्तो अवस्थाका बीच एकताको प्रक्रिया बिथोलिने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित