पचालझरनामा रेडक्रस द्धारा सरसफाइ सामाग्रि वितरण

7
SHARES
15
VIEWS

कालीकोट जेष्ठ ।जिल्लाको पचालझरना गाउँ पालिकामा महिनावारी स्वच्छता दिवसका अवसरमा रेडक्रस सोसाइटी पचालझरना शाखाले क्वारेन्टाइनमा बसेका महिलाहरुलाई सरसफाइ सामाग्रि हस्तान्तरण गरेको छ ।

पचालझरना स्थित रेडक्रस सोसाइटी पालिका संयोजक बृख विकको अगुवाईमा गएको टोलिले पचालझरना गाउँ पालिकामा रहेको ज्ञानोदय माविमा रहेको क्वारेन्टाइनमा बसेका तिन जना महिलालाई महिनावारी स्वच्छताका लागि र उनका साथमा रहेका वालवालिकालाई सावुन,कोलकेट ब्रुस,सेनिटरि प्याड,र क्वारैन्टाइनमा टर्च लाईट हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रमलाई जिल्ला बाहिरका अन्य क्वोन्टाइनमा रहेका महिला तथा बालवालिकालाई सरसफाई सामाग्रि सहयोग गर्ने योजना रहेको संयोजक विकको भनाई रहेको छ ।

जिल्ला भरका क्वारेन्टाइनमा रहेका महिला तथा वालवालिकाको विवरण तयारी भइरहेको वहांले बताउनु भएको छ । विगत लामो समय देखि पचालझरनामा स्वस्थ्य तथा खानेपानि र सरसफाइका क्षेत्रमा काम गर्दै आएको छ ।

उक्त गाउँ पालिकामा यस अघि पनि सरसफाईका साथै कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि जनचेतना मुलक काम गर्दै आएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित