कालीकोट । पलाँता गाउँ पालिकामा कोरनाको रोकथामका लागि आज एक जनचेतनामूलक कार्यक्रम गरियको छ ।
कर्नालि प्रदेशमा कोरानाको लहर तिब्र गतिमा फैलिन सक्ने खतरा भएकाले सबै स्थानीय तहमा सामाजिक दुरि कायम गर्नु पर्ने र सुरक्षाका उपाय अपनाउने जिल्ला प्रहरी कार्यालयको सूचना अनुसार सो कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यालयका ईन्चार्ज दिर्घ बहादुर शाहीले बताए ।
उक्त कार्यक्रममा बिपद ब्याबस्थापन समितिका सदस्य तथा उद्दार समितीका संयोजक बिष्णु रोकाया, निराजन बम लगाएतका राजनैतिक दलका प्रतिनिधिहरुको सहभागितामा चेतनामुलुक कार्यक्रम गरिएको बताइएको छ ।
त्यसै गरि सो कार्यक्रममा थिर्पु बजार ब्याबस्थापन समितिक अध्यक्ष हर्ष बहादुर बम,अनेरास्ववियु(क्रा)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज महेन्द्र बम, पलाँता युवा संजालका अध्यक्ष जलसा बुढा,ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, विभिन्न राजनीति दलका नेता कार्यक्रताको उपस्थिती रहेको थियो। कार्यक्रममा बोल्दै माओवादी केन्द्र पलाँताका अध्यक्ष बिस्णु बहादुर रोकायाले अब हरेक नागरिकले आफ्नो मात्रै नभएर अरुको पनि स्वास्थ्यको ख्याल गर्नु पर्ने बेला आएको बताउदै हरेक नागरिकले सुरक्षाका उपायहरु अपनाउन अनुरोध गर्नु भएको छ ।
पलाँता लाई स्वास्थ राख्नु अहिलेको मुल कर्तव्य हाम्रो काधमा आएको सहभागीले बताएका छ्न। यस अघि पलातामा सन्देश मुलक कार्यक्रम समेत गरेको बताइएको छ ।
Discussion about this post