सेल्फी खिचिरहेको बेला चट्याङमा परि एघार जनाको मृत्यु

7
SHARES
15
VIEWS

नयाँ दिल्ली । भारतमा चट्याङ लागेर पर्यटकको एउटा समूहका ११ जनाको मृत्यु भएको छ । राजस्थानको जयपुरस्थित आमेर किलाको ‘वाच टावर’ मा घुम्न गएका पर्यटकको समूह सेल्फी लिइरहेको समयमा चट्याङको सिकार भएको हो । टावरमाथि वर्षाको दृश्य समेटेर सेल्फी लिइरहेको समयमा चट्याङ खस्दा उनीहरुको मृत्यु भएको जनाइएको छ ।

स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतकमा धेरैजसो युवा छन् ।

जयपुरका कलेक्टर अनन्तसिंह नेहराका अनुसार चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । घाइतेहरुलाई सवाई मानसिंह अस्पतालको ट्रमा सेन्टरमा उपचारार्थ भर्ना गरिएको छ ।

भारतको विभिन्न राज्यमा चट्याङ लागेर एकै दिन कम्तीमा ६७ जनाको मृत्यु भएको जनाइएको छ ।

उत्तर प्रदेशमा ४०, राजस्थानमा २० र मध्यप्रदेशमा ७ जनाको मृत्यु भएको हिन्दुस्तान दैनिकको अनलाइन संस्करणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित