आज संसद् विघटन सम्बन्धी फैसला आउने

7
SHARES
15
VIEWS

काठमाडौं । प्रतिनिधि सभा विघटनका विषयमा सर्वोच्चले आजै फैसला गर्ने भएको छ ।

प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री नियुक्तिसम्बन्धी मुद्दाको फैसला आजै आउने सर्वोच्च स्रोतले बताएको हो । स्रोतका अनुसार संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशले फैसलाको पूर्ण पाठसमेत तयार गरिरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा रहेका न्यायाधीश आनन्दमोहन भट्टराई र अर्का न्यायाधीश ईश्वर खतिवडाले फैसलाको पूर्ण पाठ लेखिरहेका छन् ।

उनीहरूलाई यसअघिको २१ असारको इजलास सकिएदेखि नै पूर्ण पाठ लेख्ने जिम्मा दिँदै अन्य कुनै पनि मुद्दाको सुनुवाइका लागि इजलासमा राखिएको छैन ।

सर्वोच्चमा यसअघि भएको संवैधानिक इजलासको सुनुवाइका क्रममा रिट निवेदक, विपक्षी कानुन व्यवसायी, सरकारी वकिल, निवेदकका जवाफी बहस र एमिकस क्युरीको राय आइसकेको छ । त्यसपछि सर्वोच्चले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दालाई आजसम्मका लागि  हेर्दाहेर्दैमा राखेको थियो ।

स्रोतका अनुसार यसअघि पूर्ण पाठ लेख्नका लागि न्यायाधीशहरू बाहेक अन्य सहयोगीहरू पनि राखिएकोमा यस पटक भने अन्य सहयोगीहरू राखिएको छैन । प्रधानन्यायाधीशले आफ्नो विश्वासमा रहेका न्यायाधीशहरूलाई नै सो जिम्मा दिएका छन् ।

सोही कारण पनि यसअघि जस्तो अदालतको फैसलालाई पूर्वानुमान गर्न सकिने अवस्था भने नभएको बताइन्छ । तर, सर्वोच्चले प्रतिनिधि सभा विघटनको सरकारी निर्णयलाई भने बदर गर्ने आङ्कलन हुँदै आइरहेको छ ।

सर्वोच्चले आज फैसला गर्दा नै संविधानको धारा ७६ (५) को पनि व्याख्या गर्ने बताइएको छ । संविधानको सो व्यवस्थामा अहिले आआफ्नै दृष्टिकोणबाट व्याख्या हुँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित