कालीकोट । पचालझरना गाउँ पालिकाको प्रशासकिय भवन दुई वर्षमा सम्पन्न हुने भएको छ ।
आज पचालझरना गाउँ पालिका र पुष्पाञ्जलि पिएस जेभि बांके विच सम्झौता भएको छ ।
२२ कोठाको प्रशासकिय भवन आगामि दुई वर्ष भित्र सम्पन्न गर्न कार्यदेश सहित सम्झौता भएको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ । वहाँका अनुसार उक्त भवनको कुल लागत ५ करोड भएपनि पुष्पाञ्जलि पिएस जेभि बांकेले ३ करोड ३५ लाखमा ठेक्का लिएको हो ।
Discussion about this post