कालीकोट। हृदय घातका कारण जिल्लामा कमै उपस्थित भएका नेपाली काँग्रेस कालीकोटका नेता भुपेन्द्रजंङग शाहीलाई नेपाल पत्रकार महासंघ कालीकोटले स्वागत तथा स्वास्थ्य लाभकाे कामना गरेको छ। नेपाल पत्रकार महासंघ कालीकोटले काँग्रेस युवा नेता तथा नेपाल तरुण दलका केन्द्रीय महासचिव समेत रहेका शाहीकाे स्वास्थ्य लाभकाे कामनाका साथै स्वागत गरेकाे हाे । नेपाल पत्रकार महासंघ कालिकाेटका अध्यक्ष भरतराज बिष्टकाे अध्यक्षता, नेपाली काँग्रेसका नेता भुपेन्द्रजंग शाहीकाे प्रमुख आतिथ्यतामा भेटघाट कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा जिल्ला स्थित पत्रकारहरुको उपस्थिति रहेको पत्रकार बिष्णु न्यौपानेले बताउनु भएको छ । नेता शाहीको पहलमा कर्नाली प्रदेशका विभिन्न जिल्लामा स्वास्थ्य सामाग्री समेत वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा नेता शाहीले कालीकोटको बिकाशका लागि बिगतमा लागेको र आगामी दिनमा थप लागि पर्ने बताउनु भएको छ । युबा पिढिका नेता मध्येका शाही कालीकोटमा मात्र नभै देशभर चर्चामा रहेका छ्न ।
Discussion about this post