कालीकोट । संघिय सांसद दुर्ग बहादुर रावतको पहलमा कालीकोट जिल्लाको बहाबु हुँदै तिलागुफाको नाग्म जोड्ने सडकको निर्माण प्रक्रिया शुरु भएको छ । सांसद रावतको पहलमा महाबुलेक हुँदै गाल्जे भात्तडी तथा नाग्म सम्मको टेण्डर आवहान गरिएको हो ।
उक्त सडकका लागी कालीकोट जिल्ला अन्तरगत ३० करोड,दैलेख जिल्ला अन्तरगत २० करोड र मुगु जिल्ला अन्तरगत १० करोड गरेर कुल ६० करोड लगानीमा नेपालगंज देखि मुगु नाक्चेलाग्ना सम्मको सडक सम्पन्न हुनका लागि उक्त टेण्डर आबह्यान भएको हो ।
यस कार्यले लामो समय देखि ओझेलमा परेको उक्त सडकले ठुलो राहत हुने स्थानीय दिनेश चदाराले बताउनु भएको छ ।
सांसद रावतले कालीकोट जिल्लामा मात्र नभइ दैलेख कालीकोट हुँदै जुम्ला र मुगु सडक संजालमा जोडीनु खुशिको कुरा भएको बताउनु भएको छ । सांसद रावतले समयमै टेण्डर आव्हन गरेकोमा धन्यवाद दिनु भएको छ ।
Discussion about this post