ठाकुर पक्षको पार्टीको नाम लोसपा नेपाल प्रस्ताव

7
SHARES
15
VIEWS

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर ठाकुर पक्षले २ भदौमा जसपा (लोकतान्त्रिक) पार्टी गठन गरेकाे थियाे। त्यही नाम दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।

तर, निर्वाचन आयोगले जसपा नेपालसँग मिल्दोजुल्दो भएकाे जनाउँदै नयाँ नाम दिन सुझाएको थियो। त्यसपछि आज ठाकुर पक्षले लोसपा नेपाल नाम प्रस्ताव गरेको हो।

ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले नयाँ नाम टु‌ंगो लागेको बताए। “हामीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल नाम टुंग्याएका छौं,” भण्डारीले हिमालखबरसँग भने।

नयाँ नाम सहित ठाकुर पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ। ठाकुर पक्षले दिएको निवेदन दर्ता भएको आयोगले जनाएको छ।

त्यस्तै, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पक्षले पनि नेकपा (एकीकृत समाजवादी) नाम प्रस्ताव गरिसकेको छ। यसअघिको नाम नेकपा (एमाले)सँग मिल्दोजुल्दो भएपछि नयाँ नाम राखिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित