काठमाडौं । नयाँ दल दर्ताका लागि निवेदन दिएका दुई दल सनाखतका लागि आज निर्वाचन आयोग पुगेका छन् ।
आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई सनाखतका लागि बोलाएको हो ।
आयोगले दुवै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ ।माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीले सनाखत गरेर बाहिरिएको छ भने लोसपाका नेताहरु पनि आयेग पुग्ने बताइएको छ ।
Discussion about this post