केपि ओलिको संसद विघटन र स्वच्छाचारीका कारण पार्टी विभाजनमा पुग्यो –अध्यक्ष विष्ट

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा (एकिकृत समाजवादी)का कर्नालि प्रदेश कमिटी सदस्य धीर बहादुर विष्टले संसद विघटन जस्तो असंबैधानिक कदम चालेका कारण नेकपा एमाले विभाजनमा पुगेको बताउनु भएको छ । वहाँले यो अवस्था सृजना गर्नु पर्ने बाध्यत्मक अवस्था आएको बताउनु भएको छ ।
नरहरिनाथ गाउँपालिकामा नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी)को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पहिलो पटक भएको प्रशिक्षण कार्यक्रममा जिल्ला सचिवालय सदस्य दान बहादुर सहकारीको अध्यक्षता तथा नरहरिनाथ गाउँ पालिका अध्यक्ष तथा नेकपा(एकिकृत समाजवादीका) कर्नालि प्रदेश कमिटि सदस्य धिर बहादुर विष्टको प्रमुख आतिथ्यता भएको कार्यक्रमा दुई सय भन्दा बढि नेता तथा कार्यक्रताहरुको सहभागिता भएको छ ।
कार्यक्रममा गाउँ कमिटीको अधिकांश बहुमत भन्दा बढी नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) पक्षका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको बताइएको छ ।
त्यसै गरी कार्यक्रममा नेकपा(एकिकृत समाजवादी) जिल्ला सदस्य वीरेन्द्र बहादुर बुढाले भन्नुभयो “केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमले देशमा अस्थिरता निम्त्याएको हो” ।वहाँले नेपाली जनताले दिएको जनमत समेतको अवज्ञा गरेको आरोप लगाउदै अहंकारीहरुको विचल्लि हुने बताउनु भएको छ ।
नेता तथा कार्यकर्ताहरुलाई बिचल्लित नभई एक ढिक्का रहिरहन आह्वान गर्नुभयो ।

प्रशिक्षण कार्यक्रम सकिए लगत्तै गाउँपालिकाको डाडाँमाडूमा पार्टी कार्यालय उद्घाटन समेत गरिएको छ ।
प्रशिक्षण कार्यक्रममा गोरख बटाला, रत्न सहकारी, हर्क बहादुर बुढा, गजेन्द्र बहादुर बुढा, केशव थापा, राम जी वोगटी लगाएत अन्य नेतागणहरुको उपस्थिति रहेको नामाकर उपाध्यायले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित