कक्षा १२ को परीक्षा ३० भदौबाट ‘होम सेन्टर’मै हुने

7
SHARES
15
VIEWS

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही ३० भदौबाट सञ्चालन गर्ने भएको छ।

बोर्डको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। यस वर्षको परीक्षा होम सेन्टरबाटै सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।

स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ। यसका लागि बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ।

कोभिड-१९ को संक्रमणका कारण यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित भएको थियो। कक्षा १२ मा तीन लाख ७२ हजार ३४८ परीक्षार्थीका लागि बोर्डले चार हजार ३१० परीक्षा केन्द्र निर्धारण गरेको छ। होम सेन्टरमै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने शर्माले बताए। यस वर्ष १०० पूर्णाङ्ककै परीक्षा हुने भएको छ।

गत वर्ष परीक्षा समय र अङ्कभार घटाएर परीक्षा लिएको थियो। बोर्डले ४० प्रतिशत मूल्याङ्कनका लागि मात्रै परीक्षा लिएको थियो। बाँकी ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतीजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित