कालीकोट । विप्लव नेकपाले जिल्ला स्थित राजनैतिक दल तथा सरोकारवाला निकायहरु संग अन्तरक्रिया गरेको छ ।
नेकपा कालीकोटको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रमुख,सरकारी कार्यालयका प्रतिनिधि,अन्य सरोवकारवालाहरु विचमा अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बर्तमान राजनैतिक संकट र समाधान विषयक कार्यक्रममा नेकपा(एमाले)का धिर बहादुर बम,नेकपा(एकिकेत समाजवादी) तुलाराज विष्ट र विश्वराज बम लगाएतका नेताहरुको सहभागितामा कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रममा जिल्लाका सरोकारवालाहरुले आ आफ्ना धारणाहरु राखेका थिए ।
अन्तरिक्रिया कार्यक्रममा नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, केन्द्रिय सदस्य एटम विसिले आफ्नो पार्टीको धारणा राख्दै राजनैतिक संकट समाधानको एक मात्र विकल्प जनमत संग्रह भएको दावि गष्र्दै एकिकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद अनिवार्य भएको दावि गर्नु भएको छ ।
यस अघि सो पार्टीले जिल्ला स्थित पार्टी कार्यक्रताहरुलाई प्रशिक्षण कार्यक्रम गरेको थियो
Discussion about this post