प्रदेश २ को प्रदेशसभा बैठक विद्युतीय माध्यमबाट हुँदै

7
SHARES
15
VIEWS

जनकपुर,,जेष्ठ । प्रदेश २ को शनिबारको प्रदेशसभा बैठक अनलाइन (विद्युतीय) माध्यमबाट हुँदैछ। प्रदेशसभा सचिवालयका पाँच कर्मचारी (मर्यादापालक) र एक मन्त्रीका स्वकीय सचिवलाई बिहीबार कोरोनाभाइरस संक्रमण देखिएपछि सभामुखको पहलमा सबै दलहरुबीचको छलफलपछि अनलाइन बैठक बस्ने तयारी भएको हो।

मर्यादापालकहरुमा संक्रमण पुष्टि भएपछि बिहीबारको प्रदेशसभा बैठक स्थगित गरिएको थियो भने शुक्रबार केही बेर मात्र बसेको थियो।

अनलाइन बैठक सञ्चालनका लागि नियमावली संशोधन गरिसकेको प्रदेश सभामुख सरोजकुमार यादवले जानकारी दिए। उनले भने, “हामीले प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन हिजो सर्वसम्मत रुपमा गरिसक्यौं, अब संसद् बैठक र संसदीय समितिहरुको बैठक पनि अनलाइनबाटै हुन्छ।” अनलाइनको माध्यमबाट संसद् बैठक सञ्चालन गर्न लागिएको नेपालको संसदीय इतिहासमै यो पहिलो हो।

सबै दलका ८/१० जनाको दरले बैठक स्थलमै सहभागी हुने र अन्य अनलाइनबाटै सहभागी हुनेछन्। कुनै विषयमा मत विभाजन हुँदा पनि अनलाइनबाट गर्ने व्यवस्था गरिएको छ। प्रदेश २ मा १०७ जना प्रदेशसभा सदस्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित