कालीकोट ।अखिल(क्रान्तिकारी)को जिल्ला सम्मेलन पूर्व कालीकोटका तिन नगरपालिका र ६ स्थानिय तहमा संगठन विस्तार गरेको छ ।महावै गाउँ पालिकाबाट शुरु गरेको नगर तथा गाउँ सम्मेलन शान्नित्रिवेणि गाउँ पालिकामा आएर सम्पन्न गरेको छ । उक्त सम्मेलनका क्रममा महाबै गाउपालिकामा राजेन्द्र शाहीकाे अभ्यक्षतामा ३५ सदस्यिय गाउपालिका समिति, पलाता गाउपालिकामा सुजन बुढाकाे अध्यक्षतामा ३५ सदस्यिय गाउपालिका समिति गठन गरेको छ ।
त्यसै गरी शुभकालिका गाउपालिकामा नन्दा कुमारी महताराकाे अध्यक्षतामा ३५ सदस्यिय गाउपालिका समिति , पचाल झरना गाउपालिकामा दिपक शाहीकाे अध्यक्षतामा ३५ सदस्यिय गाउपालिका समिति, नरहरिनाथ गाउपालिकामा नेत्रराज बाेगटीकाे अध्यक्षतामा ३५ सदस्यिय गाउपालिका समिति, खाँडाचक्र नगरपालिकामा जीवन गिरिकाे अध्यक्षतामा ३५ सदस्यिय नगर पालिका समिति, तिलागुफा नगर पालिकामा कमल बहादुर शाहीकाे अध्यक्षतामा ३५ सदस्यिय नगर पालिका समिति, राष्काेट नगरमा पंख टमटाकाे अध्यक्षतामा ३५ सदस्यिय नगर पालिका समिति र शान्नित्रिबेणी गाउपालिकामा जनक पुरीकाे अध्यक्षतामा ३५ सदस्यिय गाउपालिका समिति गठन गरेको बताइएको छ ।
अखिल(क्रान्तिकारी)कालीकोटले गाउँ सम्मेलन सम्पन्न गर्नका लागि सहयोग गर्ने पार्टी नेतृत्व,जनप्रतिनिधि सबैलाई धन्यवाद दिएको छ ।
Discussion about this post