कर्नालि प्रदेश समाजवादी क्रान्तिको अग्रणि भुमिका खेल्ने छ -प्रचण्ड

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले कर्नालि प्रदेश जनयुद्धको उद्गम थलो भएको बताउदै समाजवादी क्रान्तिमा पनि अग्रणि भुमिका निर्वाह गर्ने बताउनु भएको छ ।

कर्नालि प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माआवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनस्तर देखि नेता कार्यक्रताका विच बढेका दुरीलाई नजिकबाट घनिष्ठ गर्नु पर्ने बताउदै शान्तिकालमा अर्थात २०६४ सालको निर्वाचन पछि जनताको उत्पादन र जनश्रमको संबन्धलबाट टाढा भएकाले सुदृढ गरेर अघि बढाउन विशेष भुमिका निर्वाह गर्नु पर्ने पर्ने बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डले जनतालाई राहत पुग्ने स्वस्थ्य,शिक्षा,कृषि,पर्यटन क्षेत्रमा सुधार गर्ने गरी बजेट प्राथमिकतामा राख्ने बताउनु भएको छ ।राज्य,जनता र सरकार विच समाजवादको आधारमा व्यवहारिक रुप दिनु पर्ने समेत स्मरण गर्नु भयो । ।

समाजवादी अर्थतन्त्रका लागि कर्नालि प्रदेश बासिले एक पटक अभियानलाई युद्धस्तरमा अगाडी बढाउन अनुरोध समेत गर्नु भएको छ । पार्टी प्रशिक्षण कार्यक्रममा कर्नालि प्रदेशका इन्चार्ज शक्ति वस्नेत लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

कर्नालि प्रदेशका सुर्खेत,दैलेख,जाजरकोट,कालीकोट पश्चिम रुकुम,,जुम्ला,हुम्ला,मगु,डोल्पा लगाएतका जिल्ला मसन्वय समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
कर्नँलि प्रदेश स्तरिय प्रशिक्षणमा कर्नालि प्रदेशले गरेका निणर्यको जानकारीका साथै वडा स्तरमा संगठनका भेला सम्मेलन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित