कोरोनापछि आउने अर्को महामारी रोग कस्तो होला ?

7
SHARES
15
VIEWS

काठमाडौं,जेष्ठ । कोरोना संक्रमणबाट विश्व नै आक्रान्त भइरहेका बेला वैज्ञानिकले वन्यजन्तुबाट विश्वमा आँधीबेहरीजस्तै तीव्र गतिमा फैलिन सक्ने योभन्दा खतरनाक महामारी आउने सम्भावना देखिएको बताउनु भएको छ ।

मानव जातिले नै प्रकृतिमा गरिरहेको अतिक्रमणले यो प्रक्रियालाई बढावा दिएको उनीहरूको ठहर छ। यसर्थ कोरोना नै अन्तिम महामारी नहुने देखिएको उनीहरूले चेतावनी दिएका छन्।

वनजंगल मास्ने तथा वन्यजन्तुको बासस्थान अतिक्रमण गर्ने क्रमले गर्दा नै विश्वमा नयाँ-नयाँ खतरनाक संक्रमण फैलिरहेको उनीहरूको अनुसन्धानले देखाएको हाे।

उनीहरूको ठहर छ- ‘वन्यजन्तुबाट तुफानको गतिमा संक्रामक रोग फैलिन सक्ने एक खालको वातावरण बनिसकेको अवस्था छ।’ तर उनीहरूले यो कहिलेसम्म आउने सम्भावना छ भनेर केही बताएका छैनन्।

नयाँ-नयाँ रोगबारे अनुसन्धान गरिरहेका विशेषज्ञले मानवले गरेको अतिक्रमणका कारण विभिन्न जनावरबाट मानिसमा रोग सरेको पाइएको र कुन जनावर मानिसका लागि खतरनाक छ भनेर अध्ययन भइरहेको जानकारी दिनु भएको छ ।

‘बितेका २० वर्षमा फरक-फरक खालका बडो खतरनाक ६ वटा महामारी हाम्रासामु आएका छन्,’ लिभरपुल विश्वविद्यालयका प्राध्यापक माथ्यु बिआलिसले बीबीसीसँग भनेका छन्, ‘सार्स, मर्स, इबोला, एभियन इन्फ्लुएन्जा र स्वाइनफ्लुलाई त जित्यौं तर छेटौं (कोरोना) लाई …??’

यो नै अन्तिम महामारी नभएको उल्लेख गर्दै वहांले अगाडी भन्नु भएको छ ।, ‘तसर्थ हामीले वन्यजन्तुका रोगबारे राम्रोसँग अध्ययन गर्न जरुरी छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित