रास्कोटमा दशैको शुभकामना आदान प्रदानमा सहिद परिवारलाइ सम्मान

7
SHARES
15
VIEWS

कोहलपुर । रास्कोट नगरपालिकाको वडा नम्बर ६ ले दशै विशेष शुभकामना आदानप्रदान कार्यक्रममा सहिद परिवार तथा जग्गदातालाइ सम्मान गरेको छ ।वडानम्बर ६ का वडाअध्यक्ष टक्क फर्सालको अध्यक्षतामा भएको कार्याक्रममा वडामा रहेका   ५ जना शहिदका परिवारलाइ खादा ओढाएर सम्मान गरिएको बताइएको छ ।शहिदहरुमा  राजेश,एमुना,भाब, प्रसान्त र मिलनको घरपरिवारलाई दोसल्ला ओढाइ सम्मान गरिएको वडाअध्यक्ष टक्क फर्सालले बताउनु भएको छ । सहिद र जग्गादातालाइ सम्मान गरेकोमा वडा कार्यालयलाइ   धन्यवाद दिएका छ्न । त्यसै गरि वडा कार्यालयलाइ जग्गादान दिने कल फर्साल र  स्वास्थ्य इकाइलाइ जग्गदान दिने धन्पुरा फर्साल र  देउमल कार्किर प्रहरी चौकी सान्निघाट र सहिद अस्पताल रास्कोटलाइ  जग्गादान दिने   जोतिसरा कार्कीलाई समेत सम्मान गरिएको बताइएको छ ।सो कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष अदलसिंह महतारा,नेकपा माओवादी केन्द्र रास्कोट नगरका अध्यक्ष धर्मराज शाही, जिल्ला सहकारी संघ कालीकोटका अध्यक्ष काली बहादुर महाताराको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित