सान्नित्रिवेणि गोल्डकप प्रथम खेलाडिलाई बरांतुमा सम्मान(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । सान्नित्रिवेणि गाउँ पालिकामा भएको त्रिवेणि दोस्रो गोल्डकपमा प्रथम स्थान ल्याउने खेलाडीलाई सम्मान गरिएको छ । खांडाचक्र नगरपालिकाको वडा न. ११ले बरांतुमा सम्मान गरेको हो । दशैंको अवसर पारेर सम्मान गरिएको खेलाडी जिवन गिरीले बताउनु भएको छ ।

उक्त गोल्डकपमा खांडाचक्र नगरपालिकाको बरांतु फुटबल क्लव प्रथम आएको थियो । सम्मान कार्यक्रममा वडा न. ११का वडाअध्यक्ष पुष्पराज गिरी
को प्रमुख आतिथ्यता तथा बाल विकास आधारभूत विद्यालय बरातुको आयोजनामा सम्मान गरिएको हो ।

त्रिवेणी दोश्रो गोल्ड कप २०७८ मा बरातुका प्रथम खेलाडीहरुलाई सामान कार्यक्रम राखेको बताइएको छ । वालविकास आधारभुत विद्यलायका प्रधानध्यापक टेक भारती, शिक्षक अजबहादुर गिरी, लोगराज गिरी, अकरे कठायत, गोविन्द रोकाय, मनबहादुर भारती, लगाएतका अथितिहरुको उपस्थिति रहेको थियो ।

क्लवले यस अघि विभिन्न ठाउँबाट स्थान ल्याउन सफल रहेको चर्चा गर्दै आगामि दिनमा अझै सफलता हांसिल गर्ने चर्चा सहित सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै बधाई दिएका छन । दोस्रो त्रिवेणि कपमा प्रथम बरांतु फुटबल क्लव आएको थियो भने लियो क्लव नरहरिनाथ दोस्रो र कोटबाडा क्लव तेस्रो आएको बताइएको छ ।

सो खेलमा सहभागि क्वहरुलाई प्रथम ३० हजार, दोस्रो २० हजार र तेस्रो १० हजार राशि सहित मेडल प्राप्त गरेको आयोजकले जनाएको छ ।

दश्रै तिहारको अवसरमा कालीकोट जिल्लाका विभिन्न स्थानमा खेलकुद आयोजना गरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित