पचालझरनामा स्थायि संरचना निर्माणको काम तिव्रता

7
SHARES
15
VIEWS

कालीकोट । लामो समय भाडामा संचालन भएका स्थानिय तहहरुमा पक्कि संरचना निर्माणको काम शुरु भएको छ । पछिल्लो समय आफ्नै भवनमा दैनिक प्रशासनिक कामहरु शुरु हुन थालेका छ । संघियता पछिको पहिलो कार्यकालका जनप्रतिनिधिहरुले भाडामै कार्यालय संचालन गरेर पदावधि जाने समय आएको छ ।

आफ्नै कार्यकालमा जिल्लाका पचालझरना,नरहरिनाथ र सान्नित्रिवेणि गाउँ पालिकाले भौतिक संरचना निर्माण गरेर काम कार्वाही अघि बढाउने भएका छन ।

पचालझरना गाउँ पालिकामा अस्थायि रुपमा संरचना निर्माण गरेर गएको वर्ष फागुन १ गते देखि पणेक्षामा शुरु भएको छ भने सोही स्थानमा २२ कोठे प्रशासनिक भवन निर्माणको काम शुरु भएको छ भने क्याप्स कर्नालि परियोजनाको सहयोग तथा हुरेण्डेक कालीकोटको प्राविधिक सहयोगमा १ करोड बढिको लगानि मार्फत व्यवसाय प्रवद्धनका लागि उक्त भवन निर्माणको काम अन्तिम अवस्थामा पुगेको छ । पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षामा सोलार प्रणालि सहितको सो भवनको दोस्रो तलाको काम शुरु भएको बताइएको छ ।

उक्त भवनको दोस्रो तलाको काम शुरु गर्दै पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पचालझरना गाउँ पालिकाको प्रशासनिक केन्द्र पणेक्षामा स्थायि संरचना निर्माणको काम शुरु भएको बताउनु भयो ।

अब स्थानियले समेत पक्कि भवन निर्माणको काम शुरु गर्न खोजेको बताउदै त्यसका लागि बजारीकरण क्षेत्र निर्धारण गर्ने बताउनु भयो ।

पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षामा १ सय ५मिटर लम्बार र ७५ मिटर चौडाईको खेलकुद मैदान निर्माण भएको बताइएको छ ।

प्रशासनिक भवनको काम पनि तिव्रगतिमा हुन थालेको अध्यक्ष सेजुवालले बताउनु भयो । सो भवनका लागि ३ करोड ८५ लाखमा ठेक्काको काम शुरु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित