कर्नालीमा दसैँ अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु

7
SHARES
15
VIEWS

सुर्खेत । देशभरको तुलनामा सबै भन्दा बढि विजया दशमिको अवधिमा कर्नालि प्रदेशमा विभिन्न ठाउँमा २१ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ३७जनाले ज्यान गुमाएको कर्नालि प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सो अवधिमा सबै भन्दा ठुलो दुर्घटना असोज २६ गते मुगुमा भएको छ ।

नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ को मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए । यो दुर्घटनामा मृत्यु हुनेमध्ये छायाँनाथ रारा नगरपालिकाका २९ जना रहेका थिए।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले दिएका्े जानकारी अनुसार सुर्खेतमा नौवटा दुर्घटनामा तीनको मृत्यु तथा २२ घाइते, रुकुम पश्चिम र जुम्लामा दुई जनाको मृत्यु, दैलेखमा चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन् ।

मुुगुमा दुई, जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा भएका एक÷एक सवारी दुर्घटना भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित