प्रेस सेन्टर कालीकोटको तेस्रो सम्मेलन कात्तिक २५ गते हुने

7
SHARES
15
VIEWS

सुर्खेत । प्रेस सेन्टर कालीकोटको तेस्रो सम्मेलन कात्तिक २५ गते हुने भएको छ । प्रेस सेन्टर कालीकोटका संयोजक अर्जुन भट्टराईको अध्यक्षता तथा प्रेस सेन्टरका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ कर्नाली प्रदेसका अध्यक्ष देबिराम देबकोटाको उपस्थितिमा बसेको बैठकले कात्तिक अन्तिम साता(२५ गते)  तेस्रो जिल्ला सम्मेलन गर्ने र तिहार अघि स्थानीय तह(पालिका)सम्मेलन सम्पन्न गर्ने संयोजक भट्टराईले बताउनु भयो।बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रमेश रावल,रत्न कार्कि,असोक सिंहको समेत उपस्थिति रहेको थियो।सो बैठकमा बिगतको समीक्षासमेत गरिएको थियो ।तेस्रो जिल्ला सम्मेलन बाट नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । जिल्लाभर रहेका माओवादी केन्द्र निकट पत्रकारहरुको सदस्यता नवीकरण तथा बितरणको गर्ने बताइएको छ । कर्नाली प्रदेशको सम्मेलन कात्तिक ३० गते हुने र रास्ट्रीय महाधिवेशन  मंशिरमा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित