सहमति अनुसार सरकार छोड्ने हो -मुख्यमन्त्री शाही

7
SHARES
15
VIEWS

सुर्खेत । नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्नाली प्रदेश सरकार नेपाली कांग्रेशसंग भएको सहमति अनुसार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफू सरकार छोड्ने तयारीमा रहेको  बताउनु भएको छ । संचारकर्मी संगको बसाइमा बोल्दै मुख्यमन्त्री शाहीले पार्टी केन्द्रको निर्णय अनुसार आफू अगाडि बढ्ने बताउनु भएको हो । आफुलाइ संकटको बेला साथ दिनेहरुलाइ घात नगर्ने बताउनु भएको हो ।केन्द्रिय स्तरमा गठबन्धन दलहरु संगको सहमतिमा अनुसार फेरबदल भएमा मात्र आफू सरकारमा रहने स्पष्ट पार्दै मुख्यमन्त्री शाहीले सरकारमा माओवादी केन्द्र रहिरहने तर आफू मात्र बाहिरिने बताउनु भएको हो । माओवादी केन्द्र कर्नाली प्रदेश कमिटीको बैठकले प्रदेश सरकार माओवादी केन्द्रको नेतृत्व रहिरहने निर्णय गरेको छ उक्त निर्णय अनुसार आफुलाइ पार्टी केन्द्रले निर्णय नगर्दा सम्म मुख्यमन्त्री शाहीले सरकार छोड्ने मनस्थिति रहेको खुलाशा गर्नु भएको हो । मुख्यमन्त्री शाहिले पार्टीले सरकारको नेतृत्व गर भनेमा सरकारमा बस्ने हो पार्टीले छोड भनेपछी एक मिनेट पनि कुर्चिमा नबस्ने स्पष्ट गर्नु भएको छ । यस अघि कर्नाली प्रदेश सरकार ६/६ महिने कार्यकाल नेपाली कांग्रेस र माओवादी केन्द्रले नेतृत्व गर्ने सहमती अनुसार कात्तिक १५ गते महेन्द्र बहादुर शाहिको अवधी पूरा हुँदै छ भने नेपाली कांग्रेशका जीवन शाहिको नेतृत्वमा सरकार गठन हुने बताइएको छ । मुख्यमन्त्री शाही आफू सरकार बाट बाहिरिने बित्तिकै पार्टी र जनताको काममा खट्ने बताउनु भयो । बिगतमा पार्टी कार्यक्रताको मर्म बुझ्न समस्या रहेपनी आफ्नो नेतृत्वमासरकारमा रहदा सम्म जनताको पक्षमा राम्रै काम भएको दाबी गर्नु भयो । कर्नाली प्रदेशमा नेकपा एकीकृत समाजबादिका तीन जना मन्त्रीको अवधी पनि कात्तिक १३ गते पुरा हुँदै छ । तत्कालीन समयमा नेकपा एमाले बाट ४ जना सांसदले फ्लोर क्रस पछि नेपाली कांग्रेश सहितको सहमतिमा महेन्द्र बहादुर शाहीको नेतृत्वको सरकार जोगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित