माओवादी केन्द्र कालीकोटको बिस्तारित बैठक शुरु

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्र कालीकोटको बिस्तारित बैठक मान्ममा शुरु भएको छ । कालीकोटमा शुरु भएको बिस्तारित बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कर्नाली प्रदेश कमिटी अध्यक्ष राज कुमार शर्मा( आर्ट), केन्द्रिय सदस्य तथा कर्नालि प्रदेशका सचिब रामदिप आचार्य लगाएतका अतिथिको उपस्थिति रहेको छ ।बिस्तारित बैठकमा ९ वटै स्थानीय तहका अध्यक्षहरुले रिपोर्टिङ राख्ने र आगामी योजनाका बारेमा छलफल हुने नेकपा माओवादी केन्द्र कालीकोटका जिल्ला समन्वय समिति संयोजक धनजित शाहीले बताउनु भएको छ ।संयोजक शाहिले  निकट भबिस्यमा पार्टीको सम्मेलनमा केन्द्रित रहेर बिस्तारित बैठक अघि बढ्ने बताउनु भएको छ ।बिस्तारित बैठकमा वडा कमिटीका अध्यक्ष सचिब, जनबर्गिय संगठनका संयोजक,जिल्ला सदस्य,जनप्रतिनिधि ,प्रदेश परिषद सदस्य, जिल्ला समन्वय समितिका सदस्य र प्रदेश कमिटी सदस्यहरुको सहभागिता रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित