कालीकोट । नेकपा माओवादी केन्द्रका नेता एबम पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले जनयुद्धका समयमा कालीकोटको जनशक्तिले सेतिमहाकाली उठान गर्न महत्वपूर्ण भुमिका खेलेका बताउनु भएको छ । नेकपा माओवादी केन्द्र कालीकोटको बिस्तारित बैठकमा मन्तब्य दिदै अध्यक्ष सेजुवालले जनयुद्धमा सेतिमहाकालीका साथै देशका विभिन्न ठाउँमा सैन्य मोर्चा देखि अन्य क्षेत्रमा नेतृत्व गर्ने कार्यक्रता शान्तिकाल पछि बेवास्ता भएको बताउनु भएको छ । युद्धकालको स्मरण गर्दै सेजुवालले कुरा राखिरहदा हल भावुक भएको थियो । बिरासतलाई भुलेर जान नहुने बताउदै अध्यक्ष सेजुवालले कालीकोटले युद्धकाल देखि अहिले पनि महत्वपूर्ण जिम्मेवारी पूरा गरेकाले अझै माओवादीको साख कायम राख्ने दाबी गर्नु भयो। नेतृत्वको बिकाशका लागि सोपान सिस्टमलाई ग्रामीण स्तर देखि माथिल्लो कमिटीमा आबस्याक नीति बनाइ अघि बढ्न केन्द्रलाइ सुझाब दिनु भएको छ ।
Discussion about this post